Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

किन गरे भारत र अमेरिकाले प्रहरीको तालिम कटौती ?



२०, साउन, काठमाडौँ । नेपाल प्रहरीलाई आफ्नै देश बोलाएर तालिम दिने सहयोगमा भारत र अमेरिकाले कटौती गरेका छन् ।

भारत र अमेरिकामा तालिम कोटा घटेपछि नेपाल प्रहरीका अधिकारीलाई सबैभन्दा धेरै तालिम दिनेमा चीन पहिलो स्थानमा परेको छ ।

आर्थिक वर्ष ०७५ \७६ मा दुई सय ६७ प्रहरी वैदेशिक तालिम तथा सेमिनारमा गएका थिए । जसमध्ये सबैभन्दा धेरै ७८ जना चीन गएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । यस अवधिमा भारतमा ७५ र अमेरिकामा ६ जना गएका थिए ।

०७४\७५ मा सबैभन्दा धेरै अर्थात ९९ प्रहरी भारतमा विभिन्न तालिममा सहभागी थिए । त्यस्तै, चीनमा ८२ र अमेरिकामा २६ जना गएका थिए । भारत र अमेरिका जानेको सङ्ख्या पछिल्लो वर्ष घटेको हो । चीन जानेको सङ्ख्या पनि चारजना घटेको छ । तर, सबैभन्दा धेरै जाने देशमा चीन नै परेको छ । सोमबारको नयाँ पत्रिकाबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम