back

साउदी महिलालाई पुरुष सहमति बिनै यात्रा गर्ने अनुमति

वि.सं.२०७६ साउन २० सोमवार

594 

shares

२० साउन । साउदी अरेबियाले एकपछि अर्को गर्दै महिलाका लागि नयाँ कानून जारी गरेको छ । हालै मात्र साउदी सरकारले ल्याएको नयाँ कानुनले कुनै पनि नागरिकलाई राहदानीको लागि आवेदन दिन र स्वतन्त्र यात्रा गर्न अनुमति दिएर महिलालाई अझ बढी स्वतन्त्रता प्रदान गरेको छ ।

लामो समयदेखि चलिरहेको र विवादास्पद अभिभावक नीति (महिलाले यात्रा गर्न वा राहदानी लिन पुरुषको सहमति आवश्यक) को अन्त गरिएको छ । राजा सलमान र उनको मन्त्रिपरिषद्ले अनुमोदन गरेका परिवर्तनले २१ र सोभन्दा माथि उमेरका कुनै पनि व्यक्तिलाई बिना सहमति र विदेशमा यात्रा गर्न अनुमति दिन्छ र कुनै पनि नागरिकले साउदी पासपोर्टको लागि आफैंमा आवेदन दिन सक्छ ।

यसबारे साउदी सरकारको आधिकारिक साप्ताहिक गजटमा शुक्रबार बिहान प्रकाशित गरिएको थियो । नयाँ काुननले महिलालाई विवाह, तलाक वा बच्चाको जन्म दर्ता गर्न र आधिकारिक पारिवारिक कागजात जारी गर्न अनुमति पनि दिन्छ । यो परिवर्तनलाई लिएर साउदी नागरिकहरुले सामाजिक सञ्जाल ट्विटरमार्फत खुशी प्रकट गरेका छन्, तर केही रूढीवादीहरूले भने सरकारको यो निर्णयको आलोचना पनि गरेका छन् ।(एजेन्सी)

वि.सं.२०७६ साउन २० सोमवार ०९:०० मा प्रकाशित

Himalayan Life AD
अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय...

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

मेक्सिको सिटी । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको...

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

काठमाडौं । अमेरिकी सरकारले विविधता भिसा (डीभी) कार्यक्रम तत्कालका लागि...