
२० साउन । ग्लोबल टि २० क्यानटामा लेग स्पिनरसन्दीप लामिछाने सहभागी भएको टोरन्टो नेशनल्सले जित हासिल गरेको छ । टोरन्टो नेस्नल्सले मोन्टरियल टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ । टोरन्टोका लागि सन्दीपेले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।
सन्दीपेले १६ औं ओभरको पहिलो बलमा म्याट क्रसलाई एलबीडब्लु धरापमा पारेका थिए । टोरन्टोका लागि क्रिस गोर्डोन र सलमान नाजरले २–२ विकेट लिए । त्यस्तै मक्क्लिनाघन र गोर्डनको नाममा १–१ विकेट रहयो ।
टस हारेर ब्याटिङको निम्तो पाएको मोन्ट्रेल टाइगर्सले २० ओभरमा नौ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । उसका लागि कायल कोट्जरले सर्वाधिक २६ रन बनाउँदा अन्य खेलाडी भने सस्तैमा आउट हुन पुगेका थिए ।
१३७ रनको लक्ष्य टोरन्टोले १७.३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । टोरन्टोका लागि चिराग सुरीले ५२ रनको अर्धशतकीय योगदान दिए । क्रिश ग्रिनले अविजित ३० रन बनाए भने हेनरिक क्लासेनले २० रन र रवीन्दरपाल सिंहले १५ रन जोडे ।
टोरन्टो यस जितसँगै ५ खेलमा २ जित र ३ हारसहित ४ अंक लिएर चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको वल्भ्सको ५ खेलमा ८ अंक रहेको छ ।