Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु



२० साउन , दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीस्थित मादी पुल नजिक गए राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ गुणादी बस्ने २० वर्षीय सुरेन्द्र रसाइली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

व्यास नगरपालिका–५ चापाघाटबाट दमौलीतर्फ आउँदै गरेको ग ५ प २६३९ नं को मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार रसाइलीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका सुमन विक घाइते भएका छन् । उनी दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भएका छन् ।

दुर्घटना के कारणले भयो भन्नेबारेमा खुल्न नसकेको र घटना सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएकोछ ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले