
हिन्दु धर्म संस्कार अनुसार प्रत्येक बार (प्रत्येक दिन) आफ्नै महत्व छ । विशेष गरेर नेपालमा मंगलबार गणेश भगवानको, शनिबार शनि भगवानको, सोमबार शिव भगवानको, शुक्रबार शन्तोषि माताको त्यस्तै अन्यबारको पनि त्यत्ति नै महत्व हुन्छ । यी दिनहरुमा विशेष गरेर महिलाहरु दिनभर निराहार ब्रत बसेर बेलुका चोखो, शुद्ध खानेकुरा खाने गर्दछन् ।
त्यसो त यतिबेला साउनको महिना छ । साउन महिनालाई शिवजीको प्रिय महिना मानिन्छ । कतिपय महिलाले साउन महिनाभरी चोखो (साकाहारी) खाना खाएर शिवजीको पूजा आरधना गर्छन् भने, केहीले सोमबार मात्र ब्रत बसेर शिवजीको पूजा आरधना गर्ने गर्दछन् । यसमा केही पुरुषहरु पनि ब्रत बस्ने गरेको पाउँछौ । ब्रत बस्नु धार्मिक मात्र नभएर बैज्ञानिक रुपमा फाइदाजनक मानिन्छ । साताको एकदिन ब्रत बस्नु र साकाहारी खाना खानु शरीको लागि फाइदाजनक मानिन्छ ।
वरिष्ठ मुटुरोग बिशेषज्ञ डा. ओममुर्ति अनिलका अनुसार यी हुन् ब्रत बस्दाका पाइदा
ब्रत बस्दा मुटु र मस्तिष्क मात्र नभएर शरीरका सम्पूर्ण अंगलाई फाईदा हुन्छ ।
जब हामी ब्रत बस्छौं (केही घण्टाको लागि खाना खाँदैनौं) भने हाम्रो शरीमा भएको रगतमा जुन ग्लुकोज हुन्छ त्यो ग्लुकोजलाई शरीरले प्रयोग गर्छ । जब त्यो ग्लुकोजको लेवल सकिन थाल्छ फेरि शरीरमा स्टोर रहेको ग्लाइकोजिन (ग्लुकोजको काब्रो हाईड्रेडको एउटा पार्ट हो) प्रयोग हुन थाल्छ । ग्लाइकोजिन पनि सकिएपछि (यदि ब्रत निरन्तर छ भने) हाम्रो शरीरमा संचित भएर बसेको फ्याटको मेटाबलिजम हुन थाल्छ । (लामो समय ब्रत बस्दा बोसो पग्लन थाल्छ) । तर, बुझ्नु पर्ने कुरा ब्रत बस्दा बिच बिचमा गुलियो खानेकुरा र फलफूल (क्यालोरी युक्त खाना) खान्छौ भने, पूर्णरुपमा ब्रत बसेको फाईदा हुँदैन । त्यसकारण पानी मात्रै पिएर १६ देखि १८ घण्टा बसेको ब्रतले यी फाइदा हुने सम्भावना हुन्छ । यतिबेलासम्म हाम्रो शरीरमा रहेको ग्लुकोज, ग्लाइकोजिन सकिएपछि फ्याट बर्निङको प्रोसेमा हुन्छ ।
ब्रत बस्दा वेट घट्छ । ब्रत बसेका व्यक्तिको मेटाबोलिक हाइ हुने (ब्रत बस्दा शरीरमा रहेको इनर्जि बढी खर्च हुन्छ )
ब्रत बसेर सकेपछि धेरै खानु र ब्रत बस्ने क्रममा गुलीयो खाँदा लक्ष्य पूरा हुँदैन ।
ब्रत बसेका बेला नुन लगायतका क्यालोरीयुक्त खाने कुरा नखाँदा ब्लड प्रेसर कम हुन्छ । यदि तपाई बल्ड प्रेसरको औषधि खानुहुन्छ भने ब्रत बस्ने दिन औषधिको डोज आधा गर्नसक्नुहुन्छ ।
त्यस्तै ब्रत बस्दा खराब कोलेस्ट्रोलको मात्रा घटाउँछ । त्यस्तै हर्मोनल इफेक्टले पनि कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा ल्याँउछ । स्वात्तिक भोजन र फलफूल सेवनले गुड कोलेस्ट्रोललाई बढाउने काम गर्छ ।
डाइबिटिजका बिरामी (जसले डाइबिटिजको औषधि खाइरहेका हुन्छन्) उनीहरुले ब्रत बस्नुभन्दा अगाडि चिकित्शकको परामर्श लिनु राम्रो हुन्छ । कोलेस्ट्रोल, बिपी, सुगर, मोटोपन घटाउन मद्दत गर्ने ब्रतका कारण मुटुरोग हुने खतराबाट बच्न सकिन्छ ।
त्यस्तै मुटुरोगीको लागि पनि ब्रत बरदान सावित हुन्छ । ब्रत बस्दा मुटुरोग भएका व्यक्तिहरुमा नयाँ रक्त नशाहरुको फर्मेशन हुने बताइन्छ । साथै रोग निरोधक क्षमता पनि बढाउने र प्रोटेक्ट गर्ने काम पनि ब्रतले गर्दछ । त्यस्तै विभिन्न रिर्सचमा ब्रतले क्यान्सरलाई समेत रोक्न सकिने पनि पत्ता लगाइएको छ ।
ब्रतले एन्टी एजिङको पनि काम गर्दछ । शरीरलाई धेरै दवाव दिनु, धेरै खानु, टेन्शन लिनु, धेरै काम गर्नु लगायतका कारणले पनि बुढ्यौलीपन छिटो देखिन्छ । निरन्तर ब्रत बस्ने मानिसहरु बढी उमेरमा पनि कम उमेरको जस्तो देखिन्छन् । ब्रतले स्मरणशक्ति पनि बढाउँदछ ।
यस्तो बेला ब्रत बस्ने महिलाहरुमा सकारात्मक सोचाई आउने हुनाले उनीहरु खुसी र तनाबबाट टाढा हुन्छन् । त्यसकारण पनि हप्तामा कम्तिमा १८ घण्टासम्म ब्रत बस्दा शरिरका लागि अत्यन्तै फाइदा हुन्छ ।
कस्ताले ब्रत नबस्ने त ?
दिर्घ रोगी
गर्भवती महिला
बच्चालाई दूध पिलाउने आमा
सुगर, प्रेसर, कोलेस्ट्रोल लगायतका रोगको औषधि खाइरहेकाहरुले डाक्टरको सल्लाह अनुसार ब्रत बदा राम्रो हुन्छ ।