back

बालिका बलात्कार गरी फरार अभियुक्त पक्राउ

वि.सं.२०७६ साउन २० सोमवार

825 

shares

२० साउन, नवलपरासी । ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरी फरार रहेका थप एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी प्रहरीले गुल्मीबाट ती अभियुक्तलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मी जिल्लाको जहाङ्ग खैरेनी गाउँपालिका–६ घर भई हाल सुनवल–४ नवलपरासी बस्ने ५५ वर्षीय शिव श्रेष्ठ पक्राउ परेका हुन् । उनलाई पश्चिम नवलपरासी प्रहरीले गुल्मीस्थित आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई जबर्जस्ती करणीअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।

यसअघि सोही घटनामा संलग्न सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री पक्राउ परेका थिए । बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएका थिए । (रासस)

वि.सं.२०७६ साउन २० सोमवार ११:१५ मा प्रकाशित

Himalayan Life AD
बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज । बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ...

गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले...

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्ज । पर्यटन प्रवद्र्धनका लागि भारतीय टुर अपरेटर र नेपालगञ्जका...

आयआर्जनमा जोडिँदै तानसेनका महिला

आयआर्जनमा जोडिँदै तानसेनका महिला

तानसेन (पाल्पा) । यहाँको तानसेन नगरभित्रका महिला अहिले सङ्गठित भई...