
पूर्व तेक्वान्दो खेलाडी तथा प्रशिक्षक संगीना बैद्य बाल्यकालमा आफ्नो एक खुट्टा पूरै जलेपछि नुवाकोटको त्रिशुलीमा रहेको एक अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । उपचारको लागि भर्ना भएकी १० वर्षे उनी नर्सहरुले गरेको सेवाबाट धेरै प्रभावित भइन् । बैद्यले भविष्यमा आफू पनि नर्स बन्छु भनिन् ।
तर, समय र परिस्थिति अनुसार चल्नुपर्ने मानब चोलामा संगीनाको जीवनमा पनि त्यस्तै परिस्थिति आइपर्यो जसका कारण उनी नर्स नबनेर तेक्वान्दो खेलाडी बनिन् ।
संसारमा केही त्यस्ता उदाहरणीय व्यक्तित्व हुन्छन् । उनीहरुले जीवनमा गरेका उत्कृष्ट कामहरुलाई धेरैले पछ्याउछन् । संगीनाको जीवनमा पनि त्यस्तै मोड आयो । उनले बाल्यकालमै एकदिन ब्रुसलीको फिल्म हेरिन् ।
त्यो फिल्मबाट यति प्रभावित भइन् कि, उनले आफू पनि मार्सल आर्ट खेल्ने सपना बुन्न थालिन् । त्यहि सपनाले उनलाई तेक्वान्दो खेलाडी मात्र बनाएर प्रशिक्षक पनि बनाइ छाड्यो ।
उनलाई त्यतिबेला ब्रुसली जस्तै बन्ने हुटहुटी चल्यो । त्यतिबेला उनको स्कुलमा भलिवल, एथलेटिक्सबाहेक अरु खेल थिएन । मार्सल आर्ट सिक्न उनी काठमाण्डौं नै आउनु पथ्र्यो । उनले नयाँपत्रिकासँग भनेकी छन् ‘एसएलसीपछि कलेज पढ्न काठमाण्डौं आए, त्यतिबेला नै मार्सल आर्टको क्लास लिए यसरी म तेक्वान्दो खेलाडी बने ।’