back

प्रहरी हुँ भन्दै लुट्ने दुई व्यक्ति पक्राउ

वि.सं.२०७६ साउन २० सोमवार

717 

shares

२० साउन, काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को प्रहरी हुँ भन्दै लुट्ने दुई व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका–४ को धुम्बाराही स्कूल चोकअगाडि नक्कली प्रहरी बनेर लुट्ने काठमाडौँका दोर्जे तामाङ र नोर्बु तामाङलाई सोमबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले कास्कीको पोखरा घर भई हाल काठमाडौँ बस्ने ईश्वर घतानेको साथबाट एकथान मोबाइल र रु छ हजार लुटेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारीदिए । “सिसीटिभीको सहायताले सादा पोशाकमा गएको प्रहरीले तामाङद्वयलाई पक्राउ गरेको हो”, उनले भने ।

पक्राउ परेकासँग चार थान मोबाइल र एउटा स्कुटर बरामद गरिएको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । रासस

रासस

रासस

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका–४ को धुम्बाराही स्कूल चोकअगाडि नक्कली प्रहरी बनेर लुट्ने काठमाडौँका दोर्जे तामाङ र नोर्बु तामाङलाई आज पक्राउ गरेको हो । 

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले कास्कीको पोखरा घर भई हाल काठमाडौँ बस्ने ईश्वर घतानेको साथबाट एकथान मोबाइल र रु छ हजार लुटेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारीदिए । “सिसीटिभीको सहायताले सादा पोशाकमा गएको प्रहरीले तामाङद्वयलाई पक्राउ गरेको हो”, उनले भने । 

पक्राउ परेकासँग चार थान मोबाइल र एउटा स्कुटर बरामद गरिएको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । 

रासस

वि.सं.२०७६ साउन २० सोमवार १२:०९ मा प्रकाशित

Himalayan Life AD
ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले...

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

चितवन । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका...

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी । यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक...

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

चौतारा (सिन्धुपाल्चोक) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकका सबै १२...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ...