
२० साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय इकाईले त्रिभुवन बिश्वबिद्धालयमा उपकुलपति नियुक्तिमा हुने राजनीतिक हस्तक्षेपका विरुद्धमा हस्ताक्षर अभियान सुरु गरेको छ । नेपाल विद्यार्थी संघ आरआर क्याम्पसका इकाई सचीव अनुराग शाहले सो कुराको जानकारी दिएका छन् ।
नेपाल विद्यार्थी संघ त्रिभुवन बिश्वबिद्धालयका नेता श्याम ओझाको नेतृत्वमा सुरु भएको हस्ताक्षर अभियानले बिश्वबिद्धालयका उपकुलपति र अन्य कर्मचारी नियुक्तिमा हुने कुनै पनि राजनीतिक हस्तक्षेपलाई निस्तेज पार्ने हस्ताक्षर अभियानमा सहभागी भएका सहभागीहरुले बताएका छन।
उपकुलपतिको कार्यअबधि सकिन लागेपछि उपकुलपति बन्न नेताहरूकोमा धाउने क्रम बढेको समाचार आएपछि नेपाल विद्यार्थी संघले त्यसका बिरुद्ध हस्ताक्षर अभियानको सुरु गरेको इकाई सचिव शाहले बताए।