२० साउन, काठमाडौँ । हेटौँडा मकवानपुरका अधिकृत चन्दनकुमार अमात्य पक्राउ परेका छन् ।
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडा मकवानपुरका अधिकृत अमात्यले उद्योग दर्ता गर्न IEE प्रतिवेदन स्वीकुत गर्ने भन्दै विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस लिएरहेको अवस्थामा पक्राउ परेका हुन् ।
अख्तियार अनुसन्धान आयोगको कार्यालय मकवानपुरबाट गएको टोलीले अमात्यलाई घुसहित पक्राउ गरेको हो ।
अनुसन्धान टोलीले अमात्यलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताइएको छ ।