
५ जुलाई, अष्ट्रिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाकी निर्वतमान महिला संयोजक तथा महासचिव भवानी तिवारी ‘द वेस्ट एनआरएनए वुमन कोर्डिनेटर’ बाट सम्मानित भएकी छन् ।
ईटालीमा जारी १२ औं एनआरएनए युरोप क्षेत्रिय सम्मेलनका अवसरमा अष्ट्रियाबाट तिवारी र स्विट्जरल्याण्डबाट शुभ एल्मर लामा ‘द वेस्ट एनआरएनए वुमन कोर्डिनेटर’ बाट सम्मानित भएका हुन् । उनीहरु संसारभरी रहेका एनआरएनए महिला फोरमका संयोजकमध्येबाट बेस्ट कोर्डिनर बनेका हुन् ।

महिला शसक्तिकरणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तिवारी र लामालाई उक्त सम्मान गरिएको हो ।
