Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

बन्द राजमार्ग खुला




२० साउन, रसुवा । माथिबाट राजमार्गमा ठूलो ढुङ्गा लडेका कारण आज बिहान रसुवामा भएको सवारी दुर्घटनामा परी घाइते चालकको थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रहरी निरीक्षक एवं जिल्ला प्रहरी प्रवक्ता ईश्वरी भण्डारीका अनुसार घाइते हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नं ४ निवासी ३५ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।

चिनियाँ तयारी पोशाक लिई आउने क्रममा रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानी नजिक अन्तर्राष्ट्रिय राजमार्गको भिरमा ना३ख ५१७९ नम्बरको डिब्बा दुर्घटना हुँदा निज चालक श्रेष्ठ घाइते भएको प्रहरीले बताएको छ ।

प्रहरी प्रवक्ता भण्डारीले भने, “गुडिरहेको डिब्बामा एक्कासी माथिबाट आएको ढुङ्गाले लाग्यो चालक अतालिएपछि डिब्बा पल्टिएर छेउमा पुग्यो धन्न भिरमा झरेन, तल झरेको भए धेरै तल पुग्थ्यो र ठूलो दुर्घटना हुनेथियो ।”

मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएर आज बिहानैदेखिको अवरूद्ध राजमार्ग नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाका उपकरण र नेपाली सेनासमेतको सहयोगले पल्टिएको मालवाहक उठाई आठ घण्टापछि राजमार्ग खुला गरिएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए ।

भन्सार जाँचपास भएर काठमाडौँका लागि टिमुरेबाट बिहानै गुडेको उक्त नम्बरको मालवाहक सिलबन्दी कन्टेनर डिब्बा निर्माणाधीन रसुवागढी १११ मेगावाट जलविद्युत् आयोजनाको क्रेनको प्रयोगले राजमार्ग खुलाइएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।

भौगोलिक विकटको भिर र साँघुरो राजमार्ग वर्षायाममा माथिबाट निरन्तर लडिरहने पहिरो क्षेत्र भएको सो स्थानमा अहिलेसम्म तीनवटा घटना भइसक्दा पनि पहिरो रोकथाम गर्ने पहल नहुँदा रोङ्गाखोला रसुवागढी क्षेत्रका १६ किलोमिटर क्षेत्रमा सवारी साधन चलाउन दिनप्रतिदिन जोखिम बढ्दै गएको सवारी चालकले बताएका छन् ।

सो स्थान पुग्ने सवारी साधनलाई माथिबाट झरिरहने ढुङ्गाले हिर्काएका कारण यही साउन ११ गते दुई जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका थिए । (रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले