२० साउन, काठमाण्डौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय भएका कारण आजदेखि भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज पूर्व तथा पश्चिम तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ । त्यस्तै राति पनि मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । महाशाखाले भारी वर्षा र चट्याङ पर्ने पूर्व तथा पश्चिम तराई क्षेत्रका जनतालाई सर्तकता अपनाउन समेत अनुरोध गरेको छ ।
त्यस्तै मंगलबार पनि धेरै स्थानमा वर्षा हुने र मध्य तथा पश्चिमी क्षेत्रका केही ठाउमा भारी वर्षाको सम्भावना रहेको छ ।
बुधबार पनि देशभर सामान्य वदली भई केही स्थानमा वर्षा हुने सम्भवना छ । पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुनेछ ।
बुधबार पनि देशभर सामान्य वदली भई केही स्थानमा वर्षा हुने सम्भवना छ । पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुनेछ ।
वि.सं.२०७६ साउन २० सोमवार १६:०१ मा प्रकाशित