back

बेलायतमा इन्जिनियरिङ गर्दै आएका मल्ल देश फर्केर माछा पालनमा रमाउँदै

वि.सं.२०७६ साउन २१ मंगलवार

246 

shares
NTC AD
Global IME AD

२१ साउन, दमौली । बेलायतमा इन्जिनियरिङ पेशामा जम्दै गरेका तनहुँका प्रदीप मल्ल देश फर्केर आफनै गाउँमा माछापालनमा रमाउँदै छन् ।

तनहुँको माग्दे गाउँपालिकाका ६ का ३१ वर्षीय प्रदीप मल्ल आइटी इन्जिनियर हुन् ।
पाँचवर्ष अघि बेलायतबाट देश फर्केका मल्लले काठमाण्डौंमा आइटि इन्जिनियरिङको जागिर पनि खाएका थिए । तर, जागिरमा सन्तुष्ट बन्न नसकेपछि आफ्नै गाउँमा फर्केर माछापालन व्यवसायमा लागेका बताउँछन् ।

उनले काठमाण्डौंमा कन्सल्टेन्सी भने खोलेका छन् । त्यहाँ अरुलाई नै जिम्मा दिएर उनी गाउँमै माछापालनमा रमाएको मंगलरबारको गोरखापत्र दैनिकमा समाचार छ ।

उनले म्याग्दे गाउँपालिका ५ को भूलभूले भन्ने ठाउँको पृथ्वीराजमार्गसँगै जोडिएको आफ्नै १० रोपनी जग्गामा माछा पालन गरेका हुन् । नौ वटा पोखरी बनाएर माछापालन गर्ने योजना बनाएका उनले हाल दुई वटा पोखरीमा कमन कार्प र गैस कार्प जातिका माछा पालन गरेका छन् ।

आफू पनि दिनभर पोखरीमा व्यस्त रहने उनले ६ जनालाई रोजगारी दिएका छन् ।

मल्ललाई यो व्यवसायमा उनका बुवा विष्णु कुमार मल्लले सहयोग गरेका छन् । विष्णु कुमार तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार एकाईका पूर्वअध्यक्ष समेत हुन् ।

वि.सं.२०७६ साउन २१ मंगलवार ०९:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर (पाल्पा) । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक...

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

दी हेग (नेदरल्यान्ड) । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...