२१ साउन, त्रिपोली । लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् ।
घटनामा अरू दर्जनौँ घाइते पनि भएको संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
उनीहरूका अनुसार सरकारी सैनिकहरूको टोलीले मोर्जुकमा रहेको एउटा आवासीय क्षेत्रमा आइतबार हवाई आक्रमण गरेको हो ।
नगरपालिकामा कार्यरत एक जना सरकारी अधिकारी इब्राहिम ओमरले एएफपीसँग भने, “आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । ”
घटनामा परी घाइते भएका मध्ये ३० जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको समाचारमा जनाइएको छ । एएफपी
वि.सं.२०७६ साउन २१ मंगलवार १०:०७ मा प्रकाशित




























