नायिका स्वेता खड्काको नमुना माझी वस्ति निर्माणका लागि सघाउन लुम्बिनी कपिलवस्तु विश्व अभियान बेल्जियमले सघाउने भएको छ ।
नायिका खड्काको ‘स्वेताश्री फाउन्डेशन’ ले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको एकिकृत नमुना माझी वस्तिको बाँकी अन्य संरचाना निर्माणका लागि आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नपनि अभियानका बेल्जियम सभापति तथा युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले सबैलाई अनुरोध गरेका छन् ।
अगस्त १० मा लुभेन सहरमा हुन गइरहेको अभियानको चौथो बार्षिक साधारणसभाका लागि विशिष्ट अतिथिको रुपमा सहभागीता जनाउन लागेकी खड्काको अभियानमा सहयोग गरिदिन संयोजक आचार्यले बेल्जियमबासी नेपाली समक्ष अनुरोध गरेका छन् ।

वि.सं.२०७६ साउन २२ बुधवार ०९:०२ मा प्रकाशित




























