back

विप्लव समूहका जिल्ला नेता पक्राउ

वि.सं.२०७६ साउन २२ बुधवार

708 

shares

२२ साउन, परासी । सङ्गठित अपराध मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जिल्ला नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सरावल गाउँपालिका इन्चार्ज लोकमान भन्ने चैत्रराम मुसहर रहेका छन् । प्रहरीले उनलाई हिजो सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय बर्दघाट र इलाका प्रहरी कार्यालय सेमरीको संयुक्त टोलीले मुसहरलाई उनकै घर बर्दघाट–१२ सपैयाबाट पक्राउ गरेको हो । उनी आगो लगाई सङ्गठित अपराध मुद्दामा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

गत २०७५ फागुन ३० गते विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा सरावल–१ बासामा रोकिराखेको ना५ख ७७४१ र ना४ख ६८२५ नंको ट्रकमा आगो लगाएको घटनामा उनी संलग्न रही फरार रहेका थिए ।

यसैगरी यही साउन १६ गते बर्दघाट–१३ स्थित एनसेल टावर क्षति पु¥याउने घटनामा पनि उनको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । पक्राउ परेका मुसहरविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा एकको मृत्यु

पश्चिम नवलपरासीको सुनवलमा भएको तीव्रगतिको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । सुनवल–१२ हरकट्टाबाट परासी आउने क्रममा सुनवल र रामग्राम नगरपालिकाको सीमामा रहेको पुलमा मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी रामग्राम–१० का ३३ वर्षीय अमरदीप चौधरीको घटनास्थलमै मृत्यु भएको छ । लु४०प ३५९८ नंको मोटरसाइकल तीव्रगतिका कारण पुलमा अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक बलराम गिरीले जानकारी दिए । रासस

वि.सं.२०७६ साउन २२ बुधवार ०९:५७ मा प्रकाशित

Himalayan Life AD
बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज । बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ...

गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले...

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्ज । पर्यटन प्रवद्र्धनका लागि भारतीय टुर अपरेटर र नेपालगञ्जका...

आयआर्जनमा जोडिँदै तानसेनका महिला

आयआर्जनमा जोडिँदै तानसेनका महिला

तानसेन (पाल्पा) । यहाँको तानसेन नगरभित्रका महिला अहिले सङ्गठित भई...