back

आफूले गरेको प्रतिक्षा पूरा भएको भन्दै ट्विट गरेको केही घण्टामै संसार छाडिन् शुष्माले

वि.सं.२०७६ साउन २२ बुधवार

792 

shares

२२ साउन, काठमाण्डौं । भारतीय पूर्व विदेशमन्त्री शुष्मा स्वराजको ६७ वर्षको उमेरमा हृदयघातका कारण मृत्युभएको छ । पूर्वमन्त्री स्वराजको मंगलबार राति मृत्यु भएको हो ।

दिल्लीमा रहेको आफ्नै घरमा हृदयघात भएपछि लगत्तै एम्स अस्पतालमा लगिएपनि शुष्मालाई बचाउन नसकिएको बताइएको छ ।

मृत्यु हुनुभन्दा केही घण्टा अगाडि शुष्मा स्वराजले एउटा खुसीको ट्विट गरेकी थिइन् । त्यो ट्विट अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

उक्त ट्विटमा मन्त्री स्वराजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै भनेकी छन्, ‘प्रधानमन्त्रीजी तपाईलाई हार्दिक अभिनन्दन, म आफ्नो जीवनमा यहि दिन देख्ने प्रतिक्षा गरिरहेकी थिए ।’

उनले भारतीय संविधानको अनुच्छेद ३७० को सन्दर्भमा यस्तो ट्विट गरेकी थिइन् ।

स्मरण रहोस्, सोमबार भारत सरकारले जम्मु कश्मिरका लागि संविधानमा जारी गरिएको संविधानको धारा ३७० खारेज गरेको थियो ।

वि.सं.२०७६ साउन २२ बुधवार १०:०२ मा प्रकाशित

Himalayan Life AD
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

काठमाडाैँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा...

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन

प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा...

भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो

भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाको तेल आपूर्ति...