२२ साउन, काठमाडौं । भक्तपुर सूर्यविनायक , चागुनारायण र सर्लाही मा विभिन्न धनमाल चोरी भएको छ ।
भक्तपुर सूर्यविनायक नगरपालिका- २ बालकोटका मोहन लाल श्रेष्ठको घरबाट मंगलबार बेलुका सुनका विभिन्न गहना ७.५ तोला सहित करिब ५ लाख १२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
यस्तै चागुँनारायण नगरपालिका -४ कुईकेलगाँउ का ४७ वर्षीया अभि कुमारी रोक्काको घरबाट मंगलबार दिउँसो सुनका विभिन्न गहना २.५ तोला, तामाको कुडे १ थान र नगद ७ सय रुपैयाँ सहित करिब १ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
सर्लाही, ईश्वरपुर नगरपालिका– १ चौलीखाबजारका संजय साहको घरबाट बुधबार बिहान सुन १३ तोला, चांदी १ किलो र घरभित्रै अगाडि स्टरमा रहेको हार्डवेयर पसलबाट नगद ६ लाख ६० हजार र सामसुङ जे सेभेन मोबाईल समेत गरी करिब १५ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजी गर्नुका साथै चोरीका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
वि.सं.२०७६ साउन २२ बुधवार १५:०३ मा प्रकाशित