back

सिञ्जा राजमार्गलाई प्रदेश सरकारले रु ३० करोड विनियोजन

वि.सं.२०७६ साउन २२ बुधवार

747 

shares


२२ साउन, जुम्ला । जुम्ला प्रदेशसभा (ख) का सदस्य पदमबहादुर रोकायाले नाग्म गमगडी (सिञ्जां) राजमार्गका लागि प्रदेश सरकारले रु ३० करोड विनियोजन गरिएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सिञ्जा, कनकासुनदरी, हिमा र तिला गाउँपालिकाका लागि प्रदेश सरकारको ८५ वटा योजना रहेको जानकारी दिए ।

यो निर्वाचन क्षेत्रमा सिञ्जामा खस सङ्ग्रहालय, पाण्डव गुफा, केदारनाथ मन्दिर रहेको उल्लेख गर्दै सांसद रोकायाले नेपाली खस सभ्यताको उद्गमस्थल सिञ्जामा खस सम्मेलनसमेत हुने जानकारी दिए । सडक, पर्यटन, कृषि, सिँचाइ, तटबन्ध, विद्यालय, हेलिप्याड निर्माणलगायतका योजना र भइरहेका कामको बारेमा पनि उनले जानकारी दिए ।

डिजेल प्लान्टबाट बत्ती

विगत २१ दिनदेखि अँध्यारोमा रहेका जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट बिजुली बलेको छ । प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोगमा जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट अल्पकालीनरुपमा बत्ती बालिएको हो ।

महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु ५० लाख डिजेल प्लान्टमा विनियोजन गर्ने भनेपछि रु २४ लाख ६० हजारको खर्चमा डिजेलप्लान्ट खरीद गरी सञ्चालनमा ल्याइएको साना जलविद्युत् उपभोक्ता समिति जुम्लाका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले जानकारी दिए ।
बत्ती बलेपछि स्थानीयवासी खुशी भएका छन् । बत्ती बलेपछि यहाँका दैनिक पत्रिकासमेत सञ्चालनमा आएका छन् । विद्यार्थीलाई पढ्न, मोबाइल तथा सञ्चार सामग्री चार्जर गर्न सजिलो भएको छ । (रासस)

वि.सं.२०७६ साउन २२ बुधवार १६:३५ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुच्छ्रे बैंकको क्युआर मर्चेन्ट लक्षित एमबिएल स्मार्ट कर्जा सेवा विस्तार

माछापुच्छ्रे बैंकको क्युआर मर्चेन्ट लक्षित एमबिएल स्मार्ट कर्जा सेवा विस्तार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना स्वरोजगार तथा साना र...

नेपाल बैंक र ॐ हस्पिटलबिच उपचार शुल्कमा विशेष छुट सम्झौता

नेपाल बैंक र ॐ हस्पिटलबिच उपचार शुल्कमा विशेष छुट सम्झौता

काठमाडाैँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु,...

एन आई सी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट

एन आई सी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको...

एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी...

आईएमई लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश पारित

आईएमई लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश पारित

काठमाडाैँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौँ वार्षिक साधारण...