back

‘एनआरएनएको अध्यक्षमा यसकारण कुमार पन्त’

वि.सं.२०७६ साउन २३ बिहीवार

696 

shares

गोरखाको फुजेलमा सामान्य परिबारमा सन् १९७६ मा जन्मिनु भएका कुमार पन्त तिक्ष्ण बुद्धी,शालीन तथा आज्ञाकारी बालब्यक्तित्व उहाँको असल परिचय थियो । अबसरको खोजिमा सपनाको सानो पोको बोकि सन १९९७ तिर जर्मन छिरेर जीवन एक सँघर्ष हो भन्ने आत्मसाथ गरि होटल लाईनमा जागिरे रूपमा आफ्नो प्रबासी जीवन यात्रा शुरू गर्नु भएका पन्तले आफ्ना ब्यक्तिगत जीवनलाई सहजतामा बदल्ने क्रममानै अब बिदेशमा रहेर मेरो ब्यक्तिगत पाटो मात्र होइन सामाजिक क्षेत्रमा पनि केहि गर्न आफ्नो भूमिका र दायित्व ठान्दै सन् २००४ मा प्रबास र माृभूमिलाई जोड्न गैर आबासिय नेपाली सँघ (NRNA) को यात्रामा सहयात्री भई समाहित हुनु भयो ।

एनआरएनएको यात्रामा पबित्र उद्धेश्य,सँस्था प्रति इमान्दार र मर्यादित हुदै यस सँस्थाको भौत्तिक बिकास र सँस्थाको दायित्वलाई फराकिलो बनाउन अझै आफ्नो जिम्मेवार बढेको महशुष गर्दै सन् २००५ मा हिसान क्षेत्रको संयोजकमा आफ्नो जिम्मेवारी सस्थाले गरेको अपेक्षा भन्दा पनि अब्बलताका साथ पुरा गर्नु भयो । यसले एन आर एनको यात्रामा अझै जिम्मेवार र माथिल्लो तहमा रहेर काम गर्ने उर्जा थपि दियो । यसै अनुरुप सन २००९ मा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्मा रहेर काम गर्ने ईच्छा जागृत भयो र उहाँको यस सँस्थाको यात्रामा केन्द्रिय तहमा महत्वपूर्ण जिम्मेवाारीका साथ सन् २०११ मा यूरोप क्षेत्रको क्षेत्रिय संयोजकमा काम गर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त भयो ।

आफ्नो अनुभबको आधारमा होटल व्यबसायमा सफल प्रबासी नेपालीहरूको अर्को नयाँ अध्यायमा जर्मनको एक सफल ब्याबसायीको अर्को अध्याय थप्न सफल पन्त महत्वपूर्ण पारिबारिक र ब्याबसायिक समयलाई सामाजिक अभियानमा स्थान्तरण गरि सँस्थाले अपेक्षा गरेका उद्धेश्यहरूको प्रतिफल गुणात्मकनै रह्यो । यसले यात्राको दुरीहरू झनै फराकिलो र बिशिष्ट बनाउदै सँस्थालाई परिष्कृत र यस अभियानलाई अझै उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका निरन्तर रहिरह्यो ।

एन आर एन ए अन्तराष्ट्रिय समन्वय परिषदलाई एक प्रणालीमा चलाउने संयन्त्रको बिकाशमा सुधार र सँस्थाको दायित्वलाई अझै फरक र बिशाल बनाउने उद्धेश्य अनुरूप सन् २०१३ मा महासचिब जस्तो गरिमामय र जिम्मेवार पदमा रहेर आफ्नो २ बर्षको कार्यकाललाई ऐतिहासिक साबित गर्नुभयो । यस यात्राको अथक र अब्बल यात्रीको रूपमा आफूलाई बिश्वभर चिनाउन सफल हुनुभयो । यात्रा सगरमाथा र सँस्थालाई त्यो उचाईमा सफलताको ईतिहास रच्ने अभिलाषाले सन २०१५–१७ मा आफूलाई उपाध्यक्षको पदमा उभ्याएर अध्यक्षले गर्नुपर्ने बिभिन्न महत्वपूर्ण काममा आफूलाई परिक्षकको रूपमा प्रस्तुत गर्नु भयो । सँस्थाको बिभिन्न अफ्टयारा परिक्षामा पास भैसकेर पनि सँस्थाको मर्म, अग्रजहरूको सम्मान, प्रतिस्पर्धी साथीहरूको आकांक्षालाई मध्यनजर गरी अध्यक्षको प्रत्यासी रहँदा रहदै त्यो पदीय दायित्व र जिम्मेबारको कुनै सेकेण्ड खेर नजाओस भन्ने गतिशिल सोंच बनाई बर्तमान अध्यक्षसँग कुनै राजनैतिक पूर्बाग्रह नराखी सहयात्री भबन भट्टलाई अध्यक्ष पदको लागि सहयोग गर्ने र अर्को कार्यकालमा आफुलाई सहयोग गर्ने गरि ब्यक्तिगत सहमतिको आधारमा हाल उपाध्यक्षको पदमा दोहोर्याएर सम्पूर्ण हिसाबले सुसज्जित भई केन्द्रिय अध्यक्ष पदको लागि आफूलाई प्रस्तुत गर्ने तयारीमा हुनुहुन्छ ।

कुमार पन्त, अध्यक्षका उम्मेदवार, गैरआवासीय नेपाली संघ

बिश्वभर छरिएर रहेका लगभग ८० लाख नेपालीलाई ब्यक्तिगत तथा सामुहिक लगानी मातृभूमि नेपालमा गर्नु पर्छ भन्ने मुल मन्त्र राखी नेपालमा पनि बिभिन्न क्षेत्रका ब्यापार र उद्योगमा लगानी गर्नु भएको पन्त प्रवासी नेपालीहरूको भाबना,श्रम,सिप र पुँजिलाई मातृभूमिसँग जोडेर स्थापना कालदेखिनै एनआरएनएले घोषणा गरेको समृद्ध नेपालको नारालाई सार्थक बनाउन यसैबर्ष नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा १० अर्बको लगानी एनआरएनएबाट सँस्थागत रूपमा भित्राउने गरि भएको हस्ताक्षरमा पनि उहाँको ठूलो भूमिका रहेको छ । एक पटकको नेपाली सधैंको नेपाली भन्ने मातृभाबलाई आत्मबोध गर्दै बिदेशी नागरिकता लिएका नेपालीहरूलाई मतदानको अधिकार बाहेक अन्य अधिकार सहितको दोहोरो नागरिका पाउनुपर्छ भन्ने सबालमा नेपाल सरकारसँग यहाँको सँस्थागत पहल अतुलनिय रह्यो र फल स्वरूप बिधान राष्ट्रिय सभाबाट पारित भइसकेको र प्रतिनिधि सभाबाट पारितको प्रतिक्षामा छ ।

संस्था र बिश्बभरका नेपाली समुदायको हितलाई शिरोपर गरि बिश्वका ८५ भन्दा बढि राष्ट्रको प्रत्यक्ष भ्रमण गरि बिभिन्न राष्ट्रहरूमा रहेका नेपालीहरूको बिभिन्न बिद्यामान समस्याहरूको न्यूनिकरण र समाधानको लागि गरिने प्रयासलाई सहज बनाउन हाल बिश्वभर अन्तिम समय गठित एन आर एन एको राष्ट्रिय परिषद माल्टा सहित ८० औ राष्ट्रमा आफ्नो सँजाल बिस्तार गर्न पनि यहाँको भूमिका उत्तिकै महत्वपूर्ण रह्यो । हो त्यसैले अब कुनै जात,धर्म,क्षेत्र,लिङ्ग तथा कुनै राजनैतीक ध्रुबको आधारमा नभै एक कर्मठ,शालीन,सक्षम,अनुभबि र नेतृत्व शक्तिलाई आधार मान्ने हो भने आगामी अक्टोबरमा काठमाण्डौमा हुन गैरहेको ९ औ बिश्व सम्मेलनबाट केन्द्रिय अध्यक्षको लागि निर्बिरोध रूपमा कुमार पन्तलाई निर्वाचित गराउन आबश्यक छ ।


यस्तैगरी बिगतमा शुरू भएको भिजन २०२० लगायतका अन्य सस्थागत योजनाहरूको कार्यान्वयनको लागि पनि कर्मठ ब्यक्तित्व कुमार पन्तज्यूको नेतृत्व अपरिहार्य छ । आदरणिय कुमार पन्तज्यूलाई अग्रिम बधाई र यहाँको कार्यकाल ऐतिहासिक बनोस् शुभकामना !!

वि.सं.२०७६ साउन २३ बिहीवार ०९:२४ मा प्रकाशित

Himalayan Life AD
गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

पूर्वमन्त्री जयप्रकाश आनन्द(जेपी गुप्ता) ले नेपाली काँग्रेसको विशेष महाधिवेशनको पूर्व...

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौँ ।  कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको...

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

चुनावको मिति नजिकिँदै जाँदा नेपालको राजनीति अब विचारको बहस होइन,...

गणतन्त्रका पिता र जिम्मेवार अभिभावकको भूमिका

गणतन्त्रका पिता र जिम्मेवार अभिभावकको भूमिका

गणतन्त्र कुनै एक दिनको नारा होइन, न कुनै क्षणिक राजनीतिक...

यी हुन् महाभारत उत्तरका खडेरी ग्रस्त क्षेत्रका समस्या समाधानका उपायहरु

यी हुन् महाभारत उत्तरका खडेरी ग्रस्त क्षेत्रका समस्या समाधानका उपायहरु

नेपालको सिन्धुली, रामेछाप, ओखलढुङ्गा र खोटाङका केही भागहरू जस्ता वर्षा...

निर्वाचन लोकतन्त्रको आत्मा हो

निर्वाचन लोकतन्त्रको आत्मा हो

मुलुक आज निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरता, सत्ता–स्वार्थ र...