back

सवारी दुर्घटनामा परेर कुवेतमा दुई नेपाली युवाको मृत्यु

वि.सं.२०७६ साउन २३ बिहीवार

645 

shares

खुम रायामाझी, कुवतेबाट । सवारी दुर्घटनामा परी कुवेतमा दुई नेपाली युवाको मृत्यु भएको छ ।
अगस्त ७ मा भएको उक्त दुर्घटनामा परेर मृत्यु हुनेमा कुवेतको प्रतिष्ठित कम्पनी केजिएल ( KGL ) मा कार्यरत काभ्रेका गोकर्ण घिमिरे तथा दाङका शेर बहादुर मल्ल रहेका छन् ।

उनीहरूको बिहान करिब १० बजे काम सकेर कोठामा फर्किने क्रममा सडक दुर्घटनामा परि मृत्यु भएको हो ।

सोहि कम्पनीमा कार्यरत मृतकहरुका साथी मोहन पौडेलका अनुसार काम सकेर कुवेतको फाहाहिलबाट बस्ने ठाउँ फर्वा्निया फर्किने क्रममा रोड नं–५१ मा मृतकहरु चढेको सवारी साधनको चक्का पड्किएर ईमरजन्सी लेनमा सवारी साधन पार्क गरि बाहिर निसक्ने क्रममा अर्को तर्फवाट आएको ठूलो गाडीले उनिहरुलाइ लतारेको थियो ।

उक्त दुर्घटनामा काभ्रेका घिमिरेको घटनास्थलमै र दाङका मल्लको फर्वानिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा सामान्य घाइते भएका भिमबहादुर तामाङलाइ अस्पताल पुर्याइएकोमा उनलाई अस्पतालले डिस्चार्ज गरि सकेको छ भने दुर्घटनाका समयमा अर्को साइडबाट हामफालेका जंगिलाल चौधरी भने सकुशल रहेका छन् ।

सन् २०११ देखि कुवेतमा कार्यरत उनीहरु उक्त कम्पनीमा सवारी चालकका रुपमा कार्यरत थिए ।
घटनाको बारेमा नेपाली राजदूतावास कुवेतमा जानकारी आएपछी दूतावास प्रतिनिधि फर्वानिया अस्पताल पुगेर सम्पूर्ण जानकारी लिएको थियो । नेपाली दूतावास कुवेतकी द्वित्तीय सचिव जानकी ओझाका अनुसार, मृतकहरुको शव पठाउने तथा दुर्घटना बिमा लगायत अन्य कानुनी प्रकृयाको लागि दूतावासले भोलिदेखि नै काम शुरू गर्ने छ ।

वि.सं.२०७६ साउन २३ बिहीवार ०९:४५ मा प्रकाशित

Himalayan Life AD
नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

नैरोबी, केन्या । केन्याको राजधानी नैरोबीमा सम्पन्न गैरआवासीय नेपाली संघ,...

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

अफ्रिका । एनआरएनए एकताको खुशीको शन्देस बाड्न एनआरएनएका अध्यक्ष महेशकुमार...