२३ साउन, काठमाडौँ । सन्राइज बैंकले काठमाडौँको नैकापमा शाखा विस्तार गरेको छ ।
आफ्ना ग्राहकलाई सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालन गर्दै आइरहेको अवस्थामा काठमाडौँको नैकापमा ११६ औँ शाखा सञ्चालनमा ल्याएको हो ।
बुधबार आयोजित औपचारिक कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र सन्राइज बैंकका सञ्चालक समितिका सदस्यद्वय बच्छराज तातेड, शारदा शर्मा पुडासैनीले शाखा कार्यालय र ए.टि.एम. को संयुक्त रुपमा उद्घाटन गरेको विज्ञप्तीमा बताइएको छ ।
नैकाप सहित बैंकको शाखा सङ्ख्या ११६ वटा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर, १३४ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ ।
बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्दै जाने योजना रहेको बताएको छ ।
वि.सं.२०७६ साउन २३ बिहीवार ११:३३ मा प्रकाशित



























