back

सन्राइज बैंकको कुपण्डोलमा शाखा विस्तार

वि.सं.२०७६ साउन २३ बिहीवार

750 

shares

२३ साउन, काठमाडौं । सन्राइज बैंकले ललितपुरको कुपण्डोलमा शाखा विस्तर गरेको छ ।

आफ्ना ग्राहकलाई सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालन गर्दै आइरहेको अवस्थामा बैंकलेकुपण्डोलमा ११७ औं शाखा संचालनमा ल्याएको हो ।

बिहिबार आयोजित औपचारिक कार्यक्रमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सन्राइज बैंकका संचालक समितिका सदस्य बच्छराज तातेडले संयुक्त रुपमा शाखा कार्यालय र ए. टि. एम. को उद्घाटन गरे ।

उक्त कार्यक्रममा संचालक समितिका सदस्यहरु शारदा शर्मा पुडासैनी, ओम कृष्ण जोशी तथा सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालका साथै बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।

कुुपण्डोलसहित बैंकको शाखा ११७ वटा , ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको बताएको छ ।

वि.सं.२०७६ साउन २३ बिहीवार १५:१९ मा प्रकाशित

Himalayan Life AD
नेपालको डिजिटल क्षेत्रमा नयाँ आयामः इबुकिङ नेपाल डटकम सुरु

नेपालको डिजिटल क्षेत्रमा नयाँ आयामः इबुकिङ नेपाल डटकम सुरु

काठमाडौँ । नेपाल केन्द्रित डिजिटल ट्राभल तथा सेवा बुकिङ प्लेटफर्म...

समान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

समान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकले...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुच्छ्रे बैंकको क्युआर मर्चेन्ट लक्षित एमबिएल स्मार्ट कर्जा सेवा विस्तार

माछापुच्छ्रे बैंकको क्युआर मर्चेन्ट लक्षित एमबिएल स्मार्ट कर्जा सेवा विस्तार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना स्वरोजगार तथा साना र...

नेपाल बैंक र ॐ हस्पिटलबिच उपचार शुल्कमा विशेष छुट सम्झौता

नेपाल बैंक र ॐ हस्पिटलबिच उपचार शुल्कमा विशेष छुट सम्झौता

काठमाडाैँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु,...

एन आई सी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट

एन आई सी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको...