back

गण्डकी प्रदेश सङ्ग्रहालयमा नवनिर्मित प्रदर्शनी कक्षको उद्घाटन

वि.सं.२०७६ साउन २३ बिहीवार

732 

shares


२३ साउन, कास्की । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पोखरा–९ स्थित गण्डकी प्रदेश सङ्ग्रहालयमा नवनिर्मित प्रदर्शनी कक्षको आज एक समारोहबीच उद्घाटन गर्नुभयो ।

पुरातत्व विभागद्वारा निर्मित सो प्रदर्शनी कक्षमा विष्णु, भीमसेन, तिब्बती कलाशैलीको लामा धर्म गुरु र हिमाली लामाको मूर्तिलगायत १८ औँ शताब्दीका मूर्तिहरु राखिएको छ । साथै तमु समुदाय अर्थात् गुरुङको तीन पुरोहित क्रमशः पच्यू, कलेप्री र वोन्पोलामका मूर्ति पनि प्रदर्शनी कक्षमा राखिएको छ ।

त्यस्तै पर्यटकहरुलाई दुई सय पुरानो नेपालको संस्कृतिलगायतका विषयमा जानकारी गराउनका लागि दमाहाजस्तै सानो आकारको एकनाले बाजा ट्र्याम्पो, गन्धर्व जातिको लोकबाजा, ढ्याङ्ग्रोलाई गजाको सहायताले बजाउने बाजा, ढोलक, डम्पूm र मादललगायतका पुरातात्विक वस्तुहरुसमेत प्रदर्शनी कक्षमा राखिएको गण्डकी प्रदेश सङ्ग्रहालयको कार्यालयले जनाएको छ ।

सो अवसरमा मन्त्री पुनले प्रदेश सङ्ग्रहालयलाई नमूनाको सङ्ग्रहालय बनाउनका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै प्रदर्शनी कक्षलाई आयआर्जनका साथै अध्ययनको थलोका रुपमा विकास गर्नुपर्ने र यसका लागि प्रदेश सरकारको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

सङ्ग्रहालयले संस्कृति, संस्कार, जीवनपद्धति र कलाको प्रतिनिधित्व गर्ने गरेकाले यसको संरक्षण एवं संवद्र्धन हुनुपर्नेमा उनले जोड दिए ।

मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले चालू आवमा प्रदेश सङ्ग्रहालयका लागि रु एक करोड विनियोजन गरिएको जानकारी दिदैं ३५ वर्ष पुरानो सङ्ग्रहालय भए पनि सो अनुरुप प्रगति गर्न नसकेको बताए।

प्रदेश सङ्ग्रहालय कार्यालयका प्रमुख करुणा राईले सङग्रहालयको विकास, विस्तार, उपयोगिता र संरक्षणका विविधपक्षमाथि प्रकाश पारे । कार्यक्रममा तमु पेलु सङ्घका अध्यक्ष ओमबहादुर गुरुङ, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयका प्रबन्ध निर्देशक शङ्करबहादुर गौतम, वडा नं ९ का अध्यक्ष रामराज लामिछानेले सङग्रहालयको संरक्षण तथा सरसफाइमा जोड दिनुपर्ने बताउँदै यसको विकास तथा विस्तारका लागि प्रचारप्रसारको खाँचो देखिएको धारणा व्यक्त गरे । (रासस)

वि.सं.२०७६ साउन २३ बिहीवार १५:४४ मा प्रकाशित

Himalayan Life AD
गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखा । यहाँको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित...

दुई करोड २४ लाखका भेप बराबद

दुई करोड २४ लाखका भेप बराबद

मुस्ताङ । कोरला नाकाबाट रु दुई करोड २४ लाख मुल्य...

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुर। नवलपुर जिल्लामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत सहकारी...

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

गण्डकी । सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा...

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

वालिङ (स्याङ्जा) । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश...

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

गण्डकी । पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा...