back

एनआरएनए लक्जम्वर्गको अधिबेशन सम्पन्न, अध्यक्षमा हरि खत्री

वि.सं.२०७६ साउन २४ शुक्रवार

852 

shares

९ जुलाई, लक्जम्वर्ग । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) लक्जम्वर्गको अध्यक्षमा हरि खत्री सर्वसम्मत भएका छन् ।

अगस्त ७ मा सम्पन्न परिषद्को पाँचौ राष्ट्रिय अधिबेशनले अध्यक्षमा खत्रीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै उपाध्यक्षमा विमल बाबु उपाध्याय, महिला उपाध्यक्षमा सकुन्तला भट्टराई, महासचिवमा यम बहादुर खत्री, सचिवमा विश्वजित बहादुर थापा, कोषाध्यक्षमा युद्ध बहादुर थापा, सहकोषाध्यक्षमा नारायण प्रसाद दवाडी, महिला संयोजकमा दुर्गा केसी थापा, युवासंयोजकमा नवजित न्युरे र सदस्यहरुमा विष्णु खत्री, चंगु नारायण सापकोटा, हिमाल सापकोटा, झलक महत, मन्जु गोले गुरुङ, प्रेम गोले, सरस्वती थापा र यम बहादुर थापालाई चयन गरिएको छ ।
त्यसैगरि परिषद्को प्रवक्तामा बालहरि राई र आइसीसी सदस्यमा बालकृष्ण सापकोटा चयन भएका छन् ।

संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी, सचिव जानकी गुरुङ, युरोप संयोजक शिव वरुवाल, एनआरएनए कृषि प्रवद्र्धन समितिका संयोजक युवराज गुरुङ लगायतको सहभागीतामा सम्पन्न भएको उक्त अधिबेशनको प्रमुख अतिथि नेपाली दूतावासका उपनियोग प्रमुख सुधिर भट्टराईले उद्घाटन गरेका थिए ।

वि.सं.२०७६ साउन २४ शुक्रवार ०८:४३ मा प्रकाशित

Himalayan Life AD
विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

नैरोबी, केन्या । केन्याको राजधानी नैरोबीमा सम्पन्न गैरआवासीय नेपाली संघ,...