back

बेलायती पूर्वप्रधानमन्त्री ब्लेयरको बेलायती राजनीतिमा मध्यस्थता हुने

वि.सं.२०७३ मंसिर ७ मंगलवार

609 

shares

७ मंसिर, लन्डन (बेलायत) । बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले यहाँको अघिल्लो पङ्क्तिमा रहेर राजनीति गर्ने योजना नभए पनि युरोपियन युनियन (ईयू) बाट बेलायतको बहिर्गमन सम्बन्धमा दुई पक्षबीच मध्यस्थ धारणा ल्याउनु हुने उहाँका प्रवक्ताले सोमबार जनाउनुभएको छ ।

ब्लेयरले ब्रेक्जिटको विरुद्धमा जनमतसङ्ग्रहमा मतदान गर्ने बेलायती नागरिकलाई नयाँ विद्रोहीको सज्ञा दिँदै ब्रेक्जिटका सम्बन्धमा दोस्रो जनमत सङ्ग्रह हुन सम्भव भएको प्रतिक्रिया दिनुभएको थियो ।

लेवर पार्टीका पूर्वउच्च नेता ब्लेयरले आफ्नो कार्यालयको गतिविधिलाई बन्द गरेर लन्डनमा आफ्नो नयाँ आधार विस्तारका लागि हेरिरहनुभएको बताइएको छ ।

उहाँले मुलुकभित्रका राजनीतिक समस्या हल गर्न नयाँ भूमिका निर्वाह गर्न चाहेको हुनसक्ने विश्लेषकहरूले बताएका छन् ।

ब्लेयरले पहिलो पङ्क्तिमा रहेर राजनीति गर्न चाहेका नदेखिएकोे साथै ब्रेक्जिटका विषयमा पनि आफ्नो भूमिका नखोज्नु भएको तर बेलायती राजनीतिमा रहेको दुई ध्रुवबीच मध्यस्थताको बहस चलाउन सक्ने, पूर्वप्रधानमन्त्रीका प्रवक्ताले बताउनुभयो ।

सन् १९९७ देखि सन् २००७ सम्म बेलायतलाई नेतृत्व दिन ब्लेयर सन् २००३ मा बेलायतलाई इराकविरुद्धको लडाइँमा सामेल गर्ने निर्णयका कारण बेलायती राजनीतिमा विवादित बन्नुभएको थियो । एएफपी

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०३:३४ मा प्रकाशित

Himalayan Life AD
भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो

भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाको तेल आपूर्ति...

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...