back

पूर्वी अलेप्पो अस्पताल बिहीन : राष्ट्रसङ्घ

वि.सं.२०७३ मंसिर ७ मंगलवार

450 

shares
GLOBAL IME AD
NTC AD

७ मंसिर, जेनेभा (स्वीट्जरल्यान्ड) । सिरियाको पूर्वी भूभागमा रहेको अलेप्पो सहरमा दुई लाख ५० हजार मानिस बसोबास गर्दै आए पनि सरकार र विद्रोहीबीचको द्वन्द्वका कारण स्वास्थ्य सेवा प्रदायक सङ्घसंस्थामा कार्यरत स्वास्थ्यकर्मीसमेत पलायन हुँदा अस्पतालहरू कार्यरत अवस्थामा नरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठन (डब्लूचएओ) ले आइतबार एक विज्ञप्ति जारी गर्दै राज्यमा भएको गृहयुद्धले अस्पताल तथा अन्य स्वास्थ्य सेवा प्रदायक सङ्घसंस्थालाई समेत निशाना बनाएपछि हाल कुनै पनि अस्पताल सेवा प्रदानगर्ने अवस्थामा नरहेको जनाएको हो ।

गत मङ्गलबार सरकारद्वारा विद्रोहीविरुद्ध आक्रामक रूपमा उक्त क्षेत्रमा धावा बोलेपछि दुई लाख ५० हजार जनसङ्ख्या भएको पूर्वी अलेप्पोमा नागरिकले सामान्य साना क्लिनिकबाट पाउने सेवा बाहेक अन्य सेवाबाट बञ्चित हुनुपरेको डब्लूएचओले जनाएको छ ।

उक्त क्षेत्रमा मानवीय विपत्तिलाई जोगाउनका गागि गरिने हर किसिमका प्रयासहरू असफल हुँदा स्वास्थ्यसम्बन्धी ठूला विपत्ति आएको अवस्थामा समेत काम गर्न कठिन बनेको सिरियाका लागि राष्ट्रसङ्घका विशेष प्रतिनिधि स्टेफेन डे मिस्टुराले बताउनुभयो ।

अलेप्पोको सरकार नियन्त्रित पश्चिम भूभागमा समेत विद्रोहीको निरन्तर आक्रमण भएको जनजीवन प्रभावित बने पनि अधारभूत मानवीय सहयोग सामग्रीको आपूर्ति भने भइरहेको उहाँको भनाई छ । एएफपी

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०३:३६ मा प्रकाशित

ट्रम्प र पुटिनबीच युक्रेनबारे मङ्गलबार छलफल हुने

ट्रम्प र पुटिनबीच युक्रेनबारे मङ्गलबार छलफल हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका...

विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते

विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते

वासिङ्टन । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने...

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान

बेइजिङ । विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एक अर्काको आयातमा...

चीनले यस हप्ता रुस र इरानलाई आणविक वार्ताका लागि आतिथ्य गर्ने

चीनले यस हप्ता रुस र इरानलाई आणविक वार्ताका लागि आतिथ्य गर्ने

बेइजिङ । चीनले शुक्रबार तेहरानको आणविक कार्यक्रमबारे त्रिपक्षीय वार्ताका लागि...

रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन

रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन

सिबी (पाकिस्तान) । पाकिस्तानी सुरक्षा बलले बुधबार पहाडी दक्षिणपश्चिममा विद्रोहीहरूद्वारा...

फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा पक्राउ

फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा पक्राउ

मनिला । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई मानवता विरुद्धको अपराधको मुद्दामा...