back

कामचोर प्रवृत्ति नदेखाउन मन्त्रीको निर्देशन

वि.सं.२०७६ साउन २४ शुक्रवार

789 

shares


२४ साउन काठमाडौँ । कृषि तथा पशुपन्छी विकाशमन्त्री चक्रपाणी खनालले कुनै पनि बहानामा कार्यसम्पादन सम्पन्न गर्न र ढिलासुस्ती नगर्न तथा कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा शुक्रबार चालू आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने गतिविधिका सम्बन्धमा द्विपक्षीय सम्झौता गर्ने क्रममा मन्त्री खनालले सो निर्देशन दिएका हुन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालका बीच आर्थिक वर्ष २०७६\७७ का लागि विनियोजित पूँजीगत खर्च तथा कार्यक्रम तोकिएकै समयमा सम्पादन गर्ने सम्झौता गरिएको हो ।

प्रधानमन्त्री ओली र मन्त्री खनाल बिच भएको उक्त सम्झौतामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समयमा नै सम्पादन गर्न र कृषि अनुदानलाई पारदर्शी रुपमा वितरण गर्न निर्देशन दिनुका साथै मन्त्री खनालसँग लिखित सम्झौता समेत गरेका थिए ।

सोही कार्यक्रमलाई आज निरन्तरता प्रदान गर्दै मन्त्री चक्रपाणि खनाल र सोही मन्त्रालयका कृषि विकास सचिव डा युवकध्वज जिसी, पशुपन्छी विकास सचिव प्रकाश माथेमा एवं कृषि अनुसन्धान परिषद् (नार्क) का निर्देशक डा टेकबहादुर गुरुङबीच दुई पक्षीय सम्झौता भएको हो ।

मन्त्रालय व्यवसाय प्रवद्र्धन महाशाखाका सहसचिव डा. जिसी, कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाका सहसचिव गोविन्दप्रसाद शर्मा, योजना तथा विकास समन्वय महाशाखाका सहसचिव तेजबहादुर सुवेदी, प्रशासन महाशाखाका सहसचिव रघुराम विष्टका बीचमा पनि आजै कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

त्यसैगरी कृषि विभागका महानिर्देशक डा सूर्यप्रसाद पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना वैद्य, खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखा तथा कृषि विकास महाशाखाका प्रमुख डा हरिबहादुर केसीसँग कृषि विकास सचिव डा युवकध्वज जिसीले सम्झौता गरेका छन् ।

पशुपन्छी विकास सचिव प्रकाश माथेमा र पशु स्वास्थ्य महाशाखाका सहसचिव डा किसनलाल भट्ट, पशुपन्छी तथा मत्स्य विकास महाशाखाका सहसचिव विमलकुमार निर्मल र पशुसेवा विभागका महानिर्देशक डा वंशी शर्माबीचमा समेत कार्यसम्पादन सम्बन्धमा लिखित सम्झौता भएको छ ।

वि.सं.२०७६ साउन २४ शुक्रवार १६:३३ मा प्रकाशित

Himalayan Life AD
न्यूटन कलेजले सुरु गर्यो स्नाकोत्तरतहमा आमसंचार विषयको पढाइ

न्यूटन कलेजले सुरु गर्यो स्नाकोत्तरतहमा आमसंचार विषयको पढाइ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा रहेको न्युटन कलेजले नगरपालिकामै पहिलोपटक स्नाकोत्तरतहमा...

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम  सम्पन्न

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’...

नेपाल टेलिकमद्वारा एसएमएस–आधारित भिएएस सेवामा राजनीतिक सन्देश प्रवाह रोक

नेपाल टेलिकमद्वारा एसएमएस–आधारित भिएएस सेवामा राजनीतिक सन्देश प्रवाह रोक

काठमाडौं । नेपाल टेलिकमले आफ्नो Value Added Services (VAS) प्रणालीअन्तर्गत...

टिक्मोमार्फत आइएमई रेमिटेन्स गर्दा विद्युतीय गाडी र आईफोन जित्ने मौका

टिक्मोमार्फत आइएमई रेमिटेन्स गर्दा विद्युतीय गाडी र आईफोन जित्ने मौका

काठमाडौं  । नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक आइएमई लिमिटेडले “Tiqmo...

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

काठमाडौं । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत...

ट्राफिक प्रहरीका लागि व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिमा पाँच वर्षे तालिम सम्झौता

ट्राफिक प्रहरीका लागि व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिमा पाँच वर्षे तालिम सम्झौता

काठमाडौं  । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (NAIMA) र...