back

६ बुँदे लन्डन घोषणापत्र जारी गर्दै अनेसासको सम्मेलन सम्पन्न

वि.सं.२०७६ साउन २४ शुक्रवार

783 

shares

९ अगस्त, बेलायत । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्धारा आयोजित अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन ६ बुँदे लन्डन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।


३ देखि ५ अगस्तसम्म बेलायतमा आयोजित सम्मेलनले नेपाली साहित्यको अन्तराष्ट्रियकरणका लागि स्तरीय कृतिहरुको चयन गरी विभिन्न भाषामा अनुवाद गर्ने कार्यलाई निरन्तरता दिने लगायतका ६ बुँदे घोषणापत्र जारी गरेको हो ।

यस्ता छन् घोषणापत्रका बुँदाहरु
१–नेपाली साहित्यको अन्तराष्ट्रियकरणका लागि स्तरीय कृतिहरुको चयन गरी विभिन्न भाषामा अनुवाद गर्ने कार्यलाई निरन्तरता दिने ।

२-विज्ञहरुसँग परामर्श गरी डायस्पोराका नेपाली साहित्यहरुको इतिहास तयार गर्ने ।

३-नेपाली भाषा साहित्यका विशिष्ट स्रष्टाहरुको पहिचान गरी सम्मानलाई निरन्तरता दिने ।

४- डायस्पोराका बालबालिकाहरुलाई नेपाली भाषा पठनपाठनको व्यवस्था गरी पाठ्यसामाग्रीलाई आवस्यकता अनुसार युगानुकूल तुल्याउने ।

५-अनेसास केन्द्रीय कार्य समितिले च्याप्टरहरुसँग आवस्यक समन्वय गरी च्याप्टर तथा आजीवन सदस्यहरुको तथ्यांक अध्यावधिक गर्ने ।

६-विभिन्न विश्वविद्यालय तथा सङ्घ संस्थाहरुसँग आवस्यक समन्वय गरी भाषा साहित्यको उन्नयनमा सहकार्य गर्नका लागि अनेसासलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्दै लैजाने ।
उक्त घोषणापत्र समितिमा समाजका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ संयोजक तथा समल कुमार गुरुङ, लालगोपाल सुवेदी, राजकुमार पुडासैनी, राजेन्द्र श्रेष्ठ ‘राज’को लतिका जोशी र सन्ध्या पहाडि रहेका छन् ।

उक्त सम्मेलनमा केन्द्रीय ट्रष्टी तथा विभिन्न देशबाट झण्डै ६ दर्जनको हाराहारीमा सहभागी रहेको आयोजकले जनाएका छन् ।


वि.सं.२०७६ साउन २४ शुक्रवार १६:५० मा प्रकाशित

Himalayan Life AD
विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

नैरोबी, केन्या । केन्याको राजधानी नैरोबीमा सम्पन्न गैरआवासीय नेपाली संघ,...