back

करोडौँ रकम माग गरी, अपहरणको धम्की दिनेलाई गोली हानेर नियन्त्रणमा

वि.सं.२०७६ साउन २४ शुक्रवार

720 

shares


२४ साउन काठमाडौँ । काठमाडौँको स्वयम्भूस्थित विजेश्वरी हाउजिङ नजीकैको एक क्याफेबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जनप्रतिनिधिलाई करोडौँ रकम माग गरी नदिए तीन वर्षको छोरीलाई अपहरण गर्ने धम्की दिएको सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाको टोलीले खोजी अभियानका क्रममा दुई जनालाई पक्राउ गरेको हो । घटना आज दिउँसो १२ः१० बजे भएको थियो ।

पक्राउ पर्नेमा रामेछापको मन्थलीका लोप्सान भन्ने मिलन तामाङ र अर्का अमृत तामाङ रहेका छन् । मिलनले भने नाम फेरेर विभिन्न व्यक्तिलाई धम्क्याउँदै पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ । उनी लुटपाट र आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरी आएको चाल पाएपछि प्रतिकार गर्दै भाग्ने क्रममा मिलनलाई घुँडामुनि गोली लागेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए । उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उनीहरुले लिखु हाइड्रो पावरबाट रु २० लाख, विभिन्न ठेकेदारबाट रु २० लाख रकम लिएको खुल्न आएको छ । उनीहरुले रामेछापको लिखु–तामाकोशी गाउँपालिका प्रमुख गोविन्द खड्गालाई रु दुई करोड नदिए तीन वर्षकी छोरीलाई अपहरण गर्ने धम्की दिएको प्रहरीले जनाएको छ ।

सोही घटनामा उनलाई पक्राउ गर्न महाशाखाको टोली खटिएको थियो । उनीहरु लुटपाटका घटनामा संलग्न रहेको भन्दै प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । (रासस)

वि.सं.२०७६ साउन २४ शुक्रवार १६:५८ मा प्रकाशित

Himalayan Life AD
दुर्गा प्रसाईं पोखराबाट पक्राउ

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

गण्डकी  । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको...

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ । वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको छ...

तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने

तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने

काठमाडौँ । सामाजिक अभियानमा सक्रिय रहेकी आशिका तामाङ धादिङ–१ बाट...

पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा

पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले तामाङ जातिको...

करिब ६२ करोडको लागतमा सुविधासम्पन्न भक्तपुर अस्पताल भवन बन्दै

करिब ६२ करोडको लागतमा सुविधासम्पन्न भक्तपुर अस्पताल भवन बन्दै

भक्तपुर । बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक...

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–५ मा दलित समुदाय सामाजिक परिवर्तनका...