back

यमन युद्धबिराम अठ्चालिस घण्टापछि अन्त्य

वि.सं.२०७३ मंसिर ७ मंगलवार

486 

shares
GLOBAL IME AD
NTC AD

७ मंसिर, साना (यमन) । अमेरिकाको पहलमा गत शनिबारदेखि लागू गरिएको ४८ घण्टा लामो युद्धबिरामले यमनमा विगत करिब दुई वर्षदेखि हिंसालाई सम्बोधन नगरिकनै सोमबार अन्त्य भएको छ ।

दुवै समूहद्वारा युद्धबिराम भङ्ग गर्दै आक्रमण जारी राखेको भनी एक आपसमा दोषारोपण गर्दै ४८ घण्टा लामो युद्धबिराम शान्तिका लागि थप विस्तार हुन नसकेको जनाएका छन् ।

यमनमा सन् २०१५ को मार्चदेखि जारी राजनीतिक अस्थिरता तथा रक्तपातपूर्ण हिंसालाई अन्त्य गर्न भनी अमेरिकी विदेशमन्त्री जोन केरीको पहलमा पछिल्लो सहमति भएको थियो ।

सयौँ युद्धबिराम विरोधी गतिविधि शनिबारपछि सोमबारसम्मको समयमा भएका भन्दै यसलाई थप विस्तार गर्नुको औचित्य नरहेको भनी युद्धबिराम सम्झौता उल्लङ्घन हुनुमा दुवै पक्षद्वारा एकआपसमा दोषारोपण गरेका छन् ।

साउदी अरब नेतृत्वको गठबन्धन सेनाले सोमबार मध्याह्नदेखि युद्धबिराम अन्त्य भएको पुष्टि गरेकोे छ ।

युद्धबिराम सम्झौतालाई पालना गरिएन बरू एकपछि अर्को हिंसाका घटना विद्रोहीद्वारा देशैभर गराएका, साउदी अरब नेतृत्वको गठबन्धन सेनाका प्रवक्ता मेजर जनरल अहमद असिरीले एएफपीलाई बताउनुभयो ।

यमनको दक्षिणपश्चिममा अवस्थित सहर तायजमा युद्धबिराम समयमा समेत विद्रोही आक्रमणमा एकपछि अर्को गर्दै धेरै मनिसको ज्यान गएको भन्दै युद्धबिराम सम्झौताको हाललाई औचित्य समाप्त भएको प्रवक्ता असिरीले जनाउनुभयो ।

युद्धबिराम अन्त्यसँगै सरकार तथा विद्रोही पक्षले आफ्ना आक्रमणलाई सशक्त बनाएका छन् । एएफपी

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०३:३६ मा प्रकाशित

ट्रम्प र पुटिनबीच युक्रेनबारे मङ्गलबार छलफल हुने

ट्रम्प र पुटिनबीच युक्रेनबारे मङ्गलबार छलफल हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका...

विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते

विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते

वासिङ्टन । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने...

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान

बेइजिङ । विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एक अर्काको आयातमा...

चीनले यस हप्ता रुस र इरानलाई आणविक वार्ताका लागि आतिथ्य गर्ने

चीनले यस हप्ता रुस र इरानलाई आणविक वार्ताका लागि आतिथ्य गर्ने

बेइजिङ । चीनले शुक्रबार तेहरानको आणविक कार्यक्रमबारे त्रिपक्षीय वार्ताका लागि...

रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन

रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन

सिबी (पाकिस्तान) । पाकिस्तानी सुरक्षा बलले बुधबार पहाडी दक्षिणपश्चिममा विद्रोहीहरूद्वारा...

फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा पक्राउ

फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा पक्राउ

मनिला । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई मानवता विरुद्धको अपराधको मुद्दामा...