back

यमन युद्धबिराम अठ्चालिस घण्टापछि अन्त्य

वि.सं.२०७३ मंसिर ७ मंगलवार

744 

shares

७ मंसिर, साना (यमन) । अमेरिकाको पहलमा गत शनिबारदेखि लागू गरिएको ४८ घण्टा लामो युद्धबिरामले यमनमा विगत करिब दुई वर्षदेखि हिंसालाई सम्बोधन नगरिकनै सोमबार अन्त्य भएको छ ।

दुवै समूहद्वारा युद्धबिराम भङ्ग गर्दै आक्रमण जारी राखेको भनी एक आपसमा दोषारोपण गर्दै ४८ घण्टा लामो युद्धबिराम शान्तिका लागि थप विस्तार हुन नसकेको जनाएका छन् ।

यमनमा सन् २०१५ को मार्चदेखि जारी राजनीतिक अस्थिरता तथा रक्तपातपूर्ण हिंसालाई अन्त्य गर्न भनी अमेरिकी विदेशमन्त्री जोन केरीको पहलमा पछिल्लो सहमति भएको थियो ।

सयौँ युद्धबिराम विरोधी गतिविधि शनिबारपछि सोमबारसम्मको समयमा भएका भन्दै यसलाई थप विस्तार गर्नुको औचित्य नरहेको भनी युद्धबिराम सम्झौता उल्लङ्घन हुनुमा दुवै पक्षद्वारा एकआपसमा दोषारोपण गरेका छन् ।

साउदी अरब नेतृत्वको गठबन्धन सेनाले सोमबार मध्याह्नदेखि युद्धबिराम अन्त्य भएको पुष्टि गरेकोे छ ।

युद्धबिराम सम्झौतालाई पालना गरिएन बरू एकपछि अर्को हिंसाका घटना विद्रोहीद्वारा देशैभर गराएका, साउदी अरब नेतृत्वको गठबन्धन सेनाका प्रवक्ता मेजर जनरल अहमद असिरीले एएफपीलाई बताउनुभयो ।

यमनको दक्षिणपश्चिममा अवस्थित सहर तायजमा युद्धबिराम समयमा समेत विद्रोही आक्रमणमा एकपछि अर्को गर्दै धेरै मनिसको ज्यान गएको भन्दै युद्धबिराम सम्झौताको हाललाई औचित्य समाप्त भएको प्रवक्ता असिरीले जनाउनुभयो ।

युद्धबिराम अन्त्यसँगै सरकार तथा विद्रोही पक्षले आफ्ना आक्रमणलाई सशक्त बनाएका छन् । एएफपी

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०३:३६ मा प्रकाशित

Himalayan Life AD
भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो

भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाको तेल आपूर्ति...

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय...

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

मेक्सिको सिटी । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको...