back

गजल

वि.सं.२०७६ साउन २५ शनिवार

801 

shares

फैसला जस्तो आओस् मन्जुर हुनुपर्छ ।
लड़ाई होस् या प्यार भरपुर हुनुपर्छ ।

उमेर पुग्यो भन्दै काहाँ मिल्छ छाडा हुन्
जोडी बाँधिन त एउटा दस्तुर हुनुपर्छ ।

आँखाले हेरेकै भरमा पेट भरिन्छ काहाँ
गरिखान त मेहनती मजदूर हुनुपर्छ ।

पिडा कस्ले बुझ्ने स्वार्थी संसार भयो
मागिखाने त असक्त या मजवुर हुनुपर्छ ।

मैले के गरे मलाई नै थाहा छैन हिजो !
उनको दिलबाट हट्न मेरै कसूर हुनुपर्छ ।

धेरै भो हातले ठेला उठाई मेहनत गरेको
अब त यी हातहरुमा कोहिनुर हुनुपर्छ ।

रानिपुल सिक्किम

वि.सं.२०७६ साउन २५ शनिवार ०९:१८ मा प्रकाशित

Himalayan Life AD
पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा आयोजित मासिक रचना वाचनको ११०औँ शृङ्खला तथा...

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

अर्घाखाँची । साहित्यकार नारायण खनाल( नीलम )को कविता सङ्ग्रह जिजीविष...

सुसेली

सुसेली

अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ भयो हतार जिम्मेवारी थपिँदा बेसरी...

लघुकथा : बदर

लघुकथा : बदर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर उसको कुरा सुनेर पञ्जिकाधिकारी...

झिल्का कविता

झिल्का कविता

बिष्णु उप्रेती, बिर्तामोड, झापा १. बाछा धेरै कराए साँढे छ...

गजल

गजल

गजलिका,इलाम कतै पवित्र पन सुसाउँदै थिए कतै विषाक्त लड्बढाउँदै थिए...