back

टिकट लिन अस्प्तालमा घण्टौँ लाइन बस्नु पर्ने बाध्यताको अन्त, मोबाइल एपबाटै टिकट लिन सकिने

वि.सं.२०७६ साउन २५ शनिवार

762 

shares

२४ साउन,काठमाडौँ । स्वास्थ्य परीक्षण गर्नका लागि टिकट लिन अब निजामती कर्मचारी अस्पताल ‘सिभिल सर्भिस हस्पिटल’ मा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सो अस्पतालले आजबाट बिरामी परीक्षणका लागि मोबाइल एपबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाएपछि टिकट काट्न लाइमा बस्नुपर्ने बाध्यता हटेको छ ।

अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन् । ‘प्रभु पे’ मोबाइल वालेटमार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको शुरुआत गरिएको सिभिल अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । ‘मेडीफ्लो सोलुसन’ ले प्रभु पे मोबाइल एपमार्फत घरमा नै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था शुरु गर्ने सिभिल अस्पताल पहिला भएको छ ।

अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मोबाइल वालेटमार्फत टिकट काट्ने व्यवस्था शुरु गरेको अस्पतालका कार्यकारी निर्देशक प्रा डा दीर्घराज आरसीले जानकारी दिए । अस्पतालमा ओपिडीको टिकट लिनका लागि निकै लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको र बिरामीका आफन्तले घरमै बसेर सहजै रुपमा टिकट काटेर सेवा लिन सक्ने न्यौपानेको भनाइ छ ।

प्रभु पे मोबाइल वालेटसँगको सहकार्यमा शुरु गरिएको यो सेवालाई अन्य अस्पतालमा विस्तार गर्दै लैजाने मेडिफ्लोका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र न्यौपानेले जानकारी दिए । हाल दैनिक ८०० बिरामी ओपिडी सेवामा आउने गरेको अस्पतालले जनाएको छ ।

अहिले यो सेवामार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल वालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ । प्रभु पे मोबाइल वालेटबाट यो सेवा लिने ग्राहकको लागि विशेष सहुलियतको व्यवस्था गरिने प्रभु टेक्नोलोजीका महाप्रवन्धक खुशल रेग्मीले जानकारी दिए ।

प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ । हस्पिटल बटनभित्र प्रवेश गरेपछि निजामती अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ । सिभिल अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउनेछ । त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्ने ।

त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्छ । उक्त प्रक्रियापछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । सबै विवरण भरिसकेपछि टिकटको मूल्य आफ्नो प्रभु पे मोबाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिने जनाइएको छ ।

अस्पतालले हाललाई जनरल ओपिडी टिकट काट्नका लागि अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म राखेको छ । तर यो समय पनि क्रमशः आवश्यकताअनुसार बढाउँदै लगिनेछ ।

पेइङ क्लिनिकतर्फ मोबाइलमार्फत टिकट काट्नका लागि भने हाललाई अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षणण गर्ने दिन बिहान १० बजेसम्मका लागि तोकिएको छ । यो समय पनि विस्तारै बढाउँदै लैजाने अस्पतालले जनाएको छ । त्यसैगरी अस्पतालले ल्याब रिपोर्ट अनलाइनमा हेर्न सकिने व्यवस्थासमेत शुरु गरेको जनाएको छ । (रासस)

वि.सं.२०७६ साउन २५ शनिवार ११:३२ मा प्रकाशित

Himalayan Life AD
नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुर। नवलपुर जिल्लामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत सहकारी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका...

आज मंगलबार : तपाईंको राशिफल कस्तो छ ?

आज मंगलबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान मुलुकको...

सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

काठमाडौँ । मारवाडी सेवा समिति नेपाल स्थापनाको ७३औँ वर्ष प्रवेशको...