back

साहित्य नै विद्रोहको श्रोत हो-प्रचण्ड

वि.सं.२०७६ साउन २५ शनिवार

582 

shares

२५ साउन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साहित्य नै विद्रोहको श्रोत भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दीनानाथ शर्माद्धारा लिखित ‘झरीको सौन्दर्य’ र शमि साहित्य प्रतिष्ठानबाट प्रकाशित शमि साहित्य’ पत्रिकाको बिमोचन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘समाजको रुपान्तरणका लागि मथिंगल सक्रिय भएर सिर्जना हुने रचना र कृतिहरु पाठकको लागि विद्रोहको श्रोत बन्ने गरेका छन्, म लगायत धेरै व्यक्तिहरु साहित्यबाटै प्रभावित भएका छौं ।’

कार्यक्रममा विशिष्ठ अतिथि रहेका पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधब कुमार नेपालले आफू विश्व साहित्यबाट बढि प्रभावित भएको बताउँदै साहित्य र राजनीतिको सम्बन्ध संवेदनशील र अन्तरंग रहेको धारणा राखेका थिए । कार्यक्रममा विशिष्ठ अतिथि रहेका अर्का वक्ता नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वसभामुख रामचन्द्र पौडेलले साहित्यमा अराजकतावादी हुने र राजनीतिमा समाजवादी हुने वीपी कोइरालाको संस्मरण गर्दै मस्तिष्कपक्ष राजनीति र हृदयपक्ष साहित्य रहेको बिचार प्रकट गरेका थिए ।

शमि साहित्य प्रतिष्ठानका संरक्षक डोलिन्द्र प्रसाद शर्माको स्वागत मन्तव्यसँगै अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शताब्दि पुरुष संस्कृतिविद् सत्यमोहन जोशी, डा. बेन्जु शर्मा, प्राध्यापक माधव पोखरेल, राजेन्द्र सुवेदी, डा.देवी गौतम लगायतका व्यक्तिले विमोचित कृतिका बारेमा मन्तव्य दिएका थिए । ‘झरीको सौन्दर्य’ का लेखक दीनानाथ शर्माले सो पुस्तकको नामाकरण छानिदिने छायादत्त न्यौपाने सहित सबै उत्प्रेरकप्रति आभार प्रकट गरेका थिए ।

वि.सं.२०७६ साउन २५ शनिवार १३:०१ मा प्रकाशित

Himalayan Life AD
नेपालको डिजिटल क्षेत्रमा नयाँ आयामः इबुकिङ नेपाल डटकम सुरु

नेपालको डिजिटल क्षेत्रमा नयाँ आयामः इबुकिङ नेपाल डटकम सुरु

काठमाडौँ । नेपाल केन्द्रित डिजिटल ट्राभल तथा सेवा बुकिङ प्लेटफर्म...

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले...

समान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

समान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकले...

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

चितवन । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका...

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट...