back
CTIZAN AD

मङ्सिर अन्तिम सातादेखि गरिब परिचयपत्र बाँडिने तयारी

वि.सं.२०७३ मंसिर ७ मंगलवार

855 

shares

७ मंसिर, काठमाडौँ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ ।

गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकारी गराउनुभयो । उहाँले गरिबको पहिचान गरी परिचयपत्र बनाउने प्रक्रिया सुरु गरिसकिएको जानकारी गराउँदै भन्नुभयो, “सबै तयारी पूरा गरेर परिचय बनाउने कार्य हुँदैछ । अब चाँडै मन्त्रिपरिषद्बाट परिचयपत्र बाँड्ने निर्णय गर्छौँ । ”

गरिब परिवारको पहिचान गर्न पहिलो चरणमा सरकारले जुम्ला, हुम्ला, मुगु भोजपुर, खोटाङ, सिरहा, सिन्धुली, रामेछाप, रौतहट, गोरखा, तनहुँ, बाग्लुङ, बाजुरा र बझाङ जिल्लामा गई सर्वेक्षण गरेको थियो । यसैगरी गोरखा, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम, बर्दिया, जाजरकोट, डोल्पा, कालीकोट, कैलाली र कपिलवस्तुमा पनि सर्वेक्षण गरिएको थियो ।

बोर्डले पहिलो चरणमा ती २५ जिल्लाबाट १२ लाख ४० हजार ३५० घरघुरीको सर्वेक्षण गर्दा तीन लाख ३६ हजार ४१८ घरपरिवार गरिबीको रेखामुनि रहेको पहिचान गरेको हो । मन्त्री थानीले ती जिल्लामा गई परिचयपत्र वितरण गरिने बताउँदै ती पहिचान गरिएका गरिबलाई आयमूलक र सीपमूलक शिक्षा दिएर आत्मनिर्भर गराइने छ भन्नुभयो । उहाँले चालु आवमा बाँकी रहेका ५० जिल्लामा गरिबी पहिचान गरी काम सुरु हुने जानकारी गराउँदै अर्को वर्षसम्म सबै गरिबलाई परिचयपत्र वितरण गरिने बताउनुभयो ।

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०३:५७ मा प्रकाशित

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु...

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

काठमाडौं । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण (पेन्सन) वा...

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी विभिन्न वस्तु तथा...

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच सिंहदरबारमा आज...

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) नागरिकता वा एनआरएन परिचयपत्र...