back

कोपेनहेगन प्रहरी कार्यालय बाहिर बिस्फोट

वि.सं.२०७६ साउन २५ शनिवार

777 

shares

२५ साउन, स्टकहोम । डेनमार्कको राजधानी कोपेनहेगनको प्रहरी चौकी बाहिर शनिबार बिहानै बिस्फोट भएको छ । प्रहरीका अनुसार उक्त घटनामा सामान्य क्षति पुगे पनि कोही व्यक्ति मारिएका वा घाइते भएका छैनन् ।

डेनमार्कमा अघिल्लो दिन पनि राष्ट्रिय कर कार्यालयमा यस्तै बिस्फोट भएका थिए ।

टेलिभिजन फुटेजमा प्रहरी कार्यालयको ढोका फुटेको र भवन बाहिर भग्नावशेष देखिएको छ । प्रहरीले बिस्फोटको कारण अझै नखुलेको जनाएको छ ।

उक्त घटना नोर्रेब्रो जिल्लामा बिहान ३.१८ बजे भएको थियो । यस जिल्लासँगै जोडिएको ओस्टरब्रो जिल्लामा गत मंगलबार शक्तिशाली बिस्फोट हुँदा कर कार्यालयमा ठूलो क्षति पुगेको थियो ।

कोपेनहेगनका उपप्रहरी प्रमुख रास्मुस आगस्र्कोभ शुल्जले दुबै घटनालाई प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको जानकारी दिए । प्रहरीले कर कार्यालयमा भएको बिस्फोट नियोेजित भएको तर कसले गरेको भने अझै नखुलेको बताएको छ ।

सोसल लिबरल पार्टीका एक सदस्य मोर्टेन ओस्टरगार्डले ट्वीट गर्दै यो आक्रमण सबै डेनमार्कका नागरिक विरुद्ध भएको प्रतिक्रिया दिएका छन् । एएफपी

वि.सं.२०७६ साउन २५ शनिवार १३:४२ मा प्रकाशित

Himalayan Life AD
अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय...

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

मेक्सिको सिटी । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको...

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

काठमाडौं । अमेरिकी सरकारले विविधता भिसा (डीभी) कार्यक्रम तत्कालका लागि...