back

ईन्जिनियर पेशाको गरिमा र महत्व बुझाउनु आवश्यक

वि.सं.२०७६ साउन २६ आइतवार

1.3K 

shares

कूल रू १३ खर्ब बजेटमा बिकास निर्माणको हालको खर्च हुने बार्षिक राष्ट्रिय बजेट करिब साढे २ खर्ब हाराहारीको हो । यस रकमको खर्चबाट हामीले जे देखिरहेका छौं सबै पूर्वाधारका संरचनाहरू बनिरहेकै छन् । नभए विगत २–३ दशक र त्यसभन्दा अघिका ३ दशकमा शून्यको स्थितिबाट आज नेपालको भौतिक संरचनाको यो ग्रोथको स्थिति कसरी बन्यो होला त ?

मुलुकको कूल बजेटको २०५ भन्दा कम खर्च गर्ने र यत्रो संरचना निर्माण गर्ने पेशा भनेको ईन्जनियरिंग र निर्माण उद्योग नै हो ।

तर यी पेशाको योगदानसँग समाजलाई त्यति साह्रो सरोकार छैन, यसका एकाध बिकृति र अनियमितता देख्दा नै ५ हात उफ्रने मानसिकताको समाज बिकसित हुन पुगेको छ ।
जसले आरोप लगाए पनि, फँसाए पनि सहन परेको छ । निर्माण पेशामा यदि भ्रष्टाचार हुन्छ र हुँदा पक्राउ पर्ने त ईन्जिनियर र निर्माणकर्ता नै हुने हो, यो कुनै अचम्मको कुरा भएन ।
तर ईन्जिनियर तथा निर्माणकर्तालाई दबाबमा राखेर, बाध्य पारेर, असुरिक्षत पारेर, धम्की वा प्रलोभन दिएमा यसको उपचार कसरी हुन्छ ? कसैले आरोप लगाएर घूस माग्यो भनेर पोल्दैमा दुःख पाउने हो भने यो मुलुकमा कसले किन काम गर्छ ?

ईन्जिनियरले संगठन भित्र वा बाहिरबाट कसैले आफूलाई दबाब दियो, प्रलोभन दियो भने त्यसको उजुरी कहाँ गएर गर्ने ? कस्तो कार्यवाही कसले गर्ने ? गाउघर, एकान्त, कुनाकाप्चा, निर्जन निर्माणस्थलमा बसेर, रहेर, गएर काम गर्ने ईन्जिनियरहरू स्थानीय क्रिमिनल मानसिकताका भ्रष्ट जनप्रतिनिधहरू, माफियाहरू, डनहरूबाट आफूलाई कसरी सुरक्षित राख्ने वा रहने वा सुरक्षा कसले दिने ? आफ्ना पेशागत पीडा, गुनासा वा पेशागत स्वतन्त्रताको रक्षा कसले, कसरी, कहाँबाट हुने ?

अर्को तर्फ ईन्जिनियर भनेको पेशाको लाईसेन्स प्राप्त ईन्जिनियर हुन्छ । तर, जसलाई पनि ईन्जिनियर भनेर पूरा ईन्जिनियर पेशाको बदनाम हुने गरी समाजमा होहल्ला गरिएको हुन्छ । ईन्जिनियर भन्दा तल्ला पदमा हुनेहरूको पदनाम पनि सब–ईन्जिनियर वा असिष्टेन्ट सब–ईन्जनियर राखिदिनाले कुनै कतै गलत काम हुन गयो भने सबै ईन्जिनियरहरुले नै गरेको भन्ने जनमानस बनाईएको छ, जब कि त्यस समूहमा बोनाफाईडी ईन्जिनियरहरू परेको ज्यादै न्युन हुने गर्छ ।

सीधा स–साना घूस डिल गर्ने वा रंगेहात समातिनेहरु अधिकाँश ईन्जिनियर भन्दा मुनिका पदका हुने गर्छन् तर मिडिया र जनमानसमा ईन्जिनियर नै भनेर सम्प्रेषण गरिरहेको हुन्छ। यसबाट समस्त ईन्जिनियर पेशाप्रति अनावश्यक लान्छना लाग्न पुगेको देखिन्छ । सबै पेशा र पक्षमा जस्तै ईन्जिनियरिंग पेशामा पनि भ्रष्टाचार छ र हुनु यो समाजमा स्वाभाविक पनि छ । तर समाजको अपेक्षा ईन्जिनियर बढी स्वच्छ र नैतिकवान हुनुपर्छ भनेझै देखिन्छ । जसका कारण एकाध अनियमितताको केश बाहिर आउदा आकासै खस्न लागेजस्तो सेन्सिटाईज भएको देखिने गरेको छ ।

बिकास र समृद्धि भनेको खासमा ईन्जिनियरिंग, पूर्वाधार निर्माण र प्राविधिक क्षेत्रको कुरा नै हो । तर यस क्षेत्रका पेशागर्ने यिनीप्रति नै अनर्गल लान्छना वा आरोप लगाएर रमाउने जनमानस बिकसित हुनु खतराको संकेत हो । मुलुक बिकासका निम्ति प्रतिकूल छ है भन्ने संकेत हो । प्रविधि र प्राविधिक र बिकासबिद्वेषी भावना बिकसित हुनु मृत्युतिरको यात्राको संकेत हो ।
यसमा अहिले बडो गंभीर चिन्तन मननको खाँचो छ, यदि मुलुकको भलो चिताउने हो भने !

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

वि.सं.२०७६ साउन २६ आइतवार ०९:२७ मा प्रकाशित

Himalayan Life AD
गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

पूर्वमन्त्री जयप्रकाश आनन्द(जेपी गुप्ता) ले नेपाली काँग्रेसको विशेष महाधिवेशनको पूर्व...

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौँ ।  कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको...

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

चुनावको मिति नजिकिँदै जाँदा नेपालको राजनीति अब विचारको बहस होइन,...

गणतन्त्रका पिता र जिम्मेवार अभिभावकको भूमिका

गणतन्त्रका पिता र जिम्मेवार अभिभावकको भूमिका

गणतन्त्र कुनै एक दिनको नारा होइन, न कुनै क्षणिक राजनीतिक...

यी हुन् महाभारत उत्तरका खडेरी ग्रस्त क्षेत्रका समस्या समाधानका उपायहरु

यी हुन् महाभारत उत्तरका खडेरी ग्रस्त क्षेत्रका समस्या समाधानका उपायहरु

नेपालको सिन्धुली, रामेछाप, ओखलढुङ्गा र खोटाङका केही भागहरू जस्ता वर्षा...

निर्वाचन लोकतन्त्रको आत्मा हो

निर्वाचन लोकतन्त्रको आत्मा हो

मुलुक आज निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरता, सत्ता–स्वार्थ र...