back

तर्कनाको ‘जेव्राक्रस’ माथि परिचर्चा

वि.सं.२०७६ साउन २६ आइतवार

831 

shares

२६ साउन, पोखरा । तर्कना शर्माद्वारा लिखित उपन्यास ‘जेब्राव्रmस’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पुछारसिटे अभियानद्वारा आयोजित एक कार्यक्रमका बीच सो कार्यक्रम सम्पन्न भएको हो ।

साहित्यकार भुवनहरि सिग्देलले उपन्यासले नेपाली समाजले उपेक्षा गरेको वर्ग (तेस्रो लिङ्गी) का पीडालाई उठान गरी सो विषयलाई समाजमा स्थापित गराउने काम गरेको बताए ।

समाजले खास महत्त्व नदिएको विषयलाई उपन्यासमा समेटेर शर्माले यस विषयमा नबुझेको पाठक वर्गलाई समेत स्पष्ट हुने गरी प्रस्तुत गरेको उनले बताए । साथै नेपाली समाजलाई प्राकृतिक न्यायको सिद्धान्तमा रही तेस्रो लिङ्गीप्रति गम्भीर बनी सम्मानजनक व्यवहार गर्नका लागि उपन्यासले सचेततापूर्वक आग्रह गरेको बताए ।

सामाजिक एवम् कानुनी दुवै क्षेत्रबाट तेस्रो लिङ्गीप्रति हुने दुव्र्यवहार र गलत धारणालाई अन्त्य गर्ने कार्यमा सिङ्गो समाज एक भएर लाग्नुपर्ने विचार पुस्तकमा मूल विचारका रूपमा प्रक्षेपित भएको धारणा सिग्देलले राखे ।

समाजमा तेस्रो लिङ्गीलाई सुरक्षित अवतरण गर्न माग गर्दै उपन्यासको नामकरण नै ‘जेब्राक्रस’ राखिएको हुन सक्ने सङ्केत गर्दै उपन्यासले गम्भीर विषयलाई सरल शैलीमा प्रस्तुत गरेको बताए ।
कार्यक्रममा बोल्दै तेस्रो लिङ्गी एवम् समलैङ्गिकताका विषयका अध्येता रमेश पन्तले समलिङ्गी र तेस्रो लिङ्गी बन्नु पूर्णतः प्राकृतिक प्रक्रिया भएको र यसलाई अप्राकृतिक रूपमा लिनु आफैँमा त्रुटिपूर्ण रहेको बताए । आमाको गर्भमा रहँदा नै बच्चाको शारीरिक विकास प्रक्रियामा आउने हार्मोनको गडबडीलाई व्यक्तिको मानसिकतासँग जोडेर हेर्न नहुने बताउँदै पन्तले जेब्राक्रस उपन्यासमा समाजको सोच्ने गलत संस्कारका कारण तेस्रो लिङ्गीहरूले व्यहोर्नु पर्ने कठिनाइको शल्यक्रिया गरिएको बताए ।

प्राकृतिक रूपमै तेस्रो लिङ्गीहरू महिला र पुरुषभन्दा फरक रहेकाले उनीहरूको फरक अस्तित्वलाई स्वीकार्ने दिशामा समाज अगाडि बढ्नुपर्ने बताउँदै पन्तले तेस्रो लिङ्गीले महिला तथा पुरुषलाई जीवनसाथीका रूपमा स्वीकारेर अगाडि बढ्दा जीवनमा आउने अप्ठ्याराहरूको मिहिन चित्र उपन्यासमा प्रस्तुत गर्न लेखिका सफल रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै उपन्यासकार तर्कना शर्माले आफूले समाजमा तेस्रो लिङ्गीहरूले भोग्नु परेका पीडाको बारेमा सुन्दै आएको र केही साथीहरूमार्फत यस क्षेत्रका समस्याका बारेमा जानकारी प्राप्त गरेपछि यसमा थप अध्ययन गरेर उपन्यास तयार गरेको कुरा बताइन् ।

उपन्यासमा आफूलाई बिलकुल जानकारी कम भएको यस विषयमा जानकारी र तथ्य बटुल्न आफू काठमाडौँ, पोखरा, भैरहवा लगायत नेपालका केही ग्रामीण क्षेत्रमा समेत पुगेको उल्लेख गर्दै उपन्यासमा तेस्रो लिङ्गीका अधिकारका बारेमा दह्रो आवाज उठाउने कोसिस गरेको भन्दै आफ्नो लेखन अनुभव प्रस्तुत गरिन् । नेपाल सरकारले तेस्रो लिङ्गीका बारेमा विद्यालय तहको पाठ्यक्रममा नै विषय समावेश गरी उनीहरूप्रति समाजमा रहेको नकारात्मक धारणा हटाउन आवश्यक भएको समेत सो क्रममा औँल्याइन् ।

कार्यक्रममा तेस्रो लिङ्गीका तर्फबाट बोल्दै तेस्रो लिङ्गी विन्दिया गौतमले समाजमा तेस्रो लिङ्गीहरूले निकै कठिनाइ भोग्नु परेको बताउँदै साहित्य, कला, नाटक र सङ्गीतका माध्यमबाट यस वर्गका सम्बन्धमा समाजमा रहेका गलत धारणालाई हटाएर सकारात्मक सोचको विकास गर्न निकै टेवा पुग्ने बताइन् । पछिल्लो समयमा साहित्य र कलाको क्षेत्रले आफूहरूको वर्गप्रति न्याय गरेको बताउँदै सबैको यस्तै सहयोगले प्राकृतिक विषयका रूपमा यसलाई स्थापित गर्नुपर्ने धारणा राखिन् ।

नेपालमा पहिलोपटक तेस्रो लिङ्गीको पहिचानसहित नागरिकता प्राप्त गरेकी विन्दियाले आफ्नो वर्गले नेपाली समाजिक सांस्कारिक, कानुनी र मनोवैज्ञानिक आदि थुप्रै समस्या भोग्नुपरेको उल्ल्ेख गर्दै त्यसको अन्त्यका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको समेत औँल्याइन् । समाजमा यस विषयमा यस्ता लेखन हुनु र यस प्रकारका कार्यक्रम गरिनु सकारात्मक रहेको र यसले आफूहरूमा आशा जगाएको उल्लेख गर्दै उनले यसको निरन्तरतामा साहित्यकारहरू र कलाकारहरू निरन्तर लागेर सहयोग गर्न आग्रह गरिन् ।

पुछारसिटे अभियानका अभियन्ता वसन्त विनोदले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाका संयोजक सञ्जीव पौडेल, साहित्यकार सुरज उपाध्याय लगायतले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

वि.सं.२०७६ साउन २६ आइतवार ०९:५१ मा प्रकाशित

Himalayan Life AD
पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा आयोजित मासिक रचना वाचनको ११०औँ शृङ्खला तथा...

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

अर्घाखाँची । साहित्यकार नारायण खनाल( नीलम )को कविता सङ्ग्रह जिजीविष...

सुसेली

सुसेली

अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ भयो हतार जिम्मेवारी थपिँदा बेसरी...

लघुकथा : बदर

लघुकथा : बदर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर उसको कुरा सुनेर पञ्जिकाधिकारी...

झिल्का कविता

झिल्का कविता

बिष्णु उप्रेती, बिर्तामोड, झापा १. बाछा धेरै कराए साँढे छ...

गजल

गजल

गजलिका,इलाम कतै पवित्र पन सुसाउँदै थिए कतै विषाक्त लड्बढाउँदै थिए...