back

जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार

वि.सं.२०७६ साउन २६ आइतवार

450 

shares
GLOBAL IME AD
NTC AD


साउन, २६ मुस्ताङ । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले हिमालपारिको जिल्ला मुस्ताङस्थित जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ ।

वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशीका साथै भारतीय दर्शनार्थीको चाप लाग्ने मुक्तिनाथमा रानीपौवादेखि मन्दिरसम्म पुग्ने बाटोमा कमजोर शारीरिक अवस्था भएका जोकोही तीर्थयात्री पुग्न सकुन् भन्ने उद्देश्यका साथ अपाङ्गमैत्री पदयात्रा मार्ग बनाउने तयारी गरिएको हो ।

मन्दिरसम्मको अपाङ्गमैत्री पदमार्ग निर्माणका लागि बारागुङ मुक्तिक्षेत्रका प्रमुख एवं पदाधिकारीसँग छलफल एवं अन्तक्र्रिया गर्दै त्यसबारे सम्भाव्यता अध्ययन गरिने बोर्डका पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए ।

बोर्डले मुक्तिनाथ दर्शनका क्रममा तर्पण एवं श्राद्ध गरिने स्थल कागबेनीमा पनि यसै आर्थिक वर्षमा स्नानपछि कपडा परिवर्तन गर्ने कक्ष (चेन्जिङ रुम) का साथै पूजा सामग्री राख्ने भवन निर्माण गर्ने तयारी गरेको उनले बताए।

यार्तुङ महोत्सवसहित पर्यटकीयस्थलको प्रवद्र्धन

यसैगरी पर्यटन बोर्डले बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको रानीपौवामा हुने ऐतिहासिक यार्तुङ महोत्सवसहित त्यहाँका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने भएको छ । यही सोमबारदेखि रानीपौवामा हुने यार्तुङ महोत्सव एवं घरपझोङ गाउँपालिकामा पर्ने ढुम्बाताल, ऐतिहासिक ठिनीगाउँ र त्यहाँ सञ्चालित घरवासलगायतको प्रवद्र्धन गर्न लागिएको प्रबन्धक थपलियाले जानकारी दिए ।

उनका अनुसार बोर्डका प्रतिनिधिसहित विभिन्न सञ्चारकर्मीको टोलीले महोत्सव एवं त्यहाँस्थित पर्यटकीयस्थलको आइतबारदेखि स्थलगत अवलोकन गर्नेछ । उक्त क्रममा ऐतिहासिक ठिनी र ढुम्बातालको समग्र पर्यटकीय विकासका लागि घरपजोङ गाउँपालिकाका प्रमुख एवं पदाधिकारी र सरोकारवालाबीच छलफल गरिनेछ ।

प्रवद्र्धनात्मक भ्रमणकै क्रममा ठिनी हुँदै तिलिचो जाने पदमार्गको विद्यमान अवस्था एवं सुधारका आवश्यकता सम्बन्धमा पनि जानकारी लिइने उनले जानकारी दिए । (रासस)

वि.सं.२०७६ साउन २६ आइतवार ११:१० मा प्रकाशित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे

निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँगको सहकार्यविना...

अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ : अध्यक्ष ढकाल

अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ : अध्यक्ष ढकाल

म्याग्दी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले...

मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी

मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी

दमौली (तनहुँ) । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बिक्री गरेर...

आगन्तुकको रोजाइमा स्थानीय उत्पादन भांगोदेखि गुन्द्रुकसम्म

आगन्तुकको रोजाइमा स्थानीय उत्पादन भांगोदेखि गुन्द्रुकसम्म

गलकोट (बागलुङ) । बागलुङलाई गन्तव्य बनाएर अवलोकन भ्रमणमा आउने पर्यटकको...

हलगोरु पाल्ने १८ जना किसानलाई सम्मान

हलगोरु पाल्ने १८ जना किसानलाई सम्मान

अर्घाखाँची । यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई...