back

भारत बिरुद्ध वेस्टइंडीज, दोस्रो वनडे पूर्वावलोकन

वि.सं.२०७६ साउन २६ आइतवार

681 

shares

२६ साउन, काठमाडौ । भारत र वेस्टइंडीज बिचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्ध भएपछि आज भारत र वेस्टइंडीज बिच दोस्रो एकदिवसीय खेल हुन गइरहेको छ ।

३ खेलको श्रृखलामा बर्षाको कारण पहिलो खेल रद्ध भएपछि अब बाँकी २ खेल जुन टिमले जित्नेछ श्रृखला पनि उसैले जित्नेछ । यदि भारत र वेस्टइंडीजले एकएक खेल जितेमा श्रृखला बराबरी रोकिने छ । भारत र वेस्टइंडीज बिच दोस्रो एकदिवसीय खेल Trinidadd मा हुन गइरहेको छ ।

क्रिस गेल वेस्टइंडीजका लागि एकदिवसीय क्रिकेटमा ब्रायन लाराको सर्वाधिक रनको रेकर्ड तोड्न सिर्फ ७ रन पछि छन् । टि-२० मा वेस्टइंडीजले आफ्नो ब्याटिंगमा संघर्ष गरेको थियो । यदि भारत विरुद्ध जित निकाल्नु छ भने वेस्टइंडीजले आफ्नो ब्याटिंग सुधार्न पर्ने छ ।

भारतका लागि भने नं ४ मा कसलाई खेलाउने भन्ने प्रश्नको उत्तर खोज्न जरुरी हुनेछ । नेपाली समय अनुसार खेल राति ७ः१५ बाट सुरु हुने छ ।


भारतको सम्भावित इलेवन: रोहित शर्मा, शिखर धवन, विराट कोहली (C), केदार जाधव, श्रेयस अंएर, रिसभ पंत(wk), रबीन्द्र जडेजा, भुवनेश्वर कुमार, मोहम्मद शमी, कुलदिप यादव, खलील अहमद ।

वेस्टइंडीजको सम्भावित इलेवन : इभिन लुइस, क्रिस गेल, शाई होप (wk), निकोलस पुरान, शिमरोन हेटमायर, कार्लोस ब्रथवेट, जेसन होल्डर(C), फ्याब्रियन एलेन, शेल्डन कोट्ल, ओशेन थोमस ।

वि.सं.२०७६ साउन २६ आइतवार १२:०२ मा प्रकाशित

Himalayan Life AD
गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...

नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको...