![भारत बिरुद्ध वेस्टइंडीज, दोस्रो वनडे पूर्वावलोकन भारत बिरुद्ध वेस्टइंडीज, दोस्रो वनडे पूर्वावलोकन](https://sansarnews.com/wp-content/uploads/2019/08/ind-vs-wi.jpg)
२६ साउन, काठमाडौ । भारत र वेस्टइंडीज बिचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्ध भएपछि आज भारत र वेस्टइंडीज बिच दोस्रो एकदिवसीय खेल हुन गइरहेको छ ।
३ खेलको श्रृखलामा बर्षाको कारण पहिलो खेल रद्ध भएपछि अब बाँकी २ खेल जुन टिमले जित्नेछ श्रृखला पनि उसैले जित्नेछ । यदि भारत र वेस्टइंडीजले एकएक खेल जितेमा श्रृखला बराबरी रोकिने छ । भारत र वेस्टइंडीज बिच दोस्रो एकदिवसीय खेल Trinidadd मा हुन गइरहेको छ ।
क्रिस गेल वेस्टइंडीजका लागि एकदिवसीय क्रिकेटमा ब्रायन लाराको सर्वाधिक रनको रेकर्ड तोड्न सिर्फ ७ रन पछि छन् । टि-२० मा वेस्टइंडीजले आफ्नो ब्याटिंगमा संघर्ष गरेको थियो । यदि भारत विरुद्ध जित निकाल्नु छ भने वेस्टइंडीजले आफ्नो ब्याटिंग सुधार्न पर्ने छ ।
भारतका लागि भने नं ४ मा कसलाई खेलाउने भन्ने प्रश्नको उत्तर खोज्न जरुरी हुनेछ । नेपाली समय अनुसार खेल राति ७ः१५ बाट सुरु हुने छ ।
भारतको सम्भावित इलेवन: रोहित शर्मा, शिखर धवन, विराट कोहली (C), केदार जाधव, श्रेयस अंएर, रिसभ पंत(wk), रबीन्द्र जडेजा, भुवनेश्वर कुमार, मोहम्मद शमी, कुलदिप यादव, खलील अहमद ।
वेस्टइंडीजको सम्भावित इलेवन : इभिन लुइस, क्रिस गेल, शाई होप (wk), निकोलस पुरान, शिमरोन हेटमायर, कार्लोस ब्रथवेट, जेसन होल्डर(C), फ्याब्रियन एलेन, शेल्डन कोट्ल, ओशेन थोमस ।
वि.सं.२०७६ साउन २६ आइतवार १२:०२ मा प्रकाशित