back

टंक कुमार खड्काद्धारा एनआरएनए कतारको उपाध्यक्षमा उम्मेदवारी

वि.सं.२०७६ साउन २६ आइतवार

570 

shares

११ अगस्त, कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कतारको उपाध्यक्षमा टंक कुमार खड्काले उम्मेदवारी दिएका छन् ।

विगत १३ वर्षदेखि कतारलाई कर्मथलो बनाउँदै आएका खड्काले २०१०–२१ का लागि परिषद्को उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

लामो समयदेखि विभिन्न संघसंस्थामार्फत् कतारका नेपाली सुमदायबीच सक्रिय रुपमा सामाजिक काम गर्दै आएका खड्काले हरेक श्रमजिबीबर्गको अपेक्षा अनुरुप वैदेशिक रोजगारीमा नितिगत सुधार गर्नका लागि गैरआबसिय नेपाली संघले समन्वयकारी भुमिका खेल्ने बताएका छन् ।

उनले श्रमजिबी कामदार बर्गको हितमा अथवा उनिहरुको पक्षमा उभिदैं हरेक श्रमिक बर्गसम्म संस्थालाई पुर्याउनु आजको आबस्यकता रहेको बताउदै गैर जिम्मेवारि पूर्ण कार्य गर्ने÷गर्न लगाउनेहरुलाई निर्मुल र निरुत्साहित गर्न पीडितलाई स–सम्मान उद्दार र पिडकहरुलाई सम्बन्धित निकायबाट निर्मुल पार्न, नेपाली श्रमजिबी मजदुरहरुलाई सुरक्षित रोजगारीका लागि पहल गर्न आफूले उम्मेदवारी दिएको घोषणापत्रमा उल्लेख गरेका छन् ।

जन्मथलो पूर्बी पहाडी जिल्ला ताप्लेजुङ्ग भएता पनि काठमान्डौको कपनमा रहदै आएका खड्काल कतारमा स्थापित गृहजिल्लाको नाममा रहेको ‘पाथिभरा युवा सेवा समाज ताप्लेजुङ्ग’ कतारको वर्तमान महासचिव तथा प्रदेश नम्बर १ समन्वय परिषद् कतारको कार्यसमिति सदस्य समेत रहेर सामाजिक काममा सक्रिय रहेका छन् ।

डेढ दशकदेखी कतारमा सामाजिक कार्यमा निरन्तरता दिदै आएको बताउने खड्काले आगामी दिनमा एनआरएन कतारलाई थप गतिशील, क्रियाशील र परिणाममुखी बनाउन आसन्न गैरआवासीय नेपाली संघ, कतारको (२०१९÷२०२१) को कार्यकालका लागी द्दितीय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनले सम्पूर्ण पंजीकृत सदस्यहरुलाई सहयोगका लागी हार्दिक अनुरोध समेत गरेका छन् ।

यस्तो छ खड्काको उम्मेदवारी घोषणापत्र

‘गैरआवसिय नेपाली संघ एनआरएनए कतारको २०१९–२१ कार्यकालको लागि मेरो द्दितीय उपाध्यक्ष्य पदमा उम्मेद्वारी घोषणा

आदरणीय गैरआवसिय नेपाली संघका सस्थापक एबम अग्रज अभियन्ताहरु, पंजिकृत सदस्यहरु, कतारमा कार्यरत सम्पूर्ण गैरआवसिय नेपाली दाजु भाई तथा दिदी बहिनिहरु, कतारमा स्थापित विभिन्न संघ सस्थामा आबद्द मित्रहरु एबम पत्रकार साथिहरुमा साझा नमस्कार ।

गैरआबसिय नेपाली संघ नेपालीहरुको साझा सस्था राष्ट्रियसमन्वय परिषद एनआरएनए कतारको यही आउदो २३ अगष्ट २०१९ दोहामा हुन गइ रहेको २०१९–२१ कार्यकालको निर्बाचन तथा आशन्न आठौं राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा सम्पूर्ण गैरआबसिय नेपाली संघमा आबद्ध मित्रहरुलाई महाधिबेशन सफलताको कामना गर्दै म टंक कुमार खड्का गैरआवसिय नेपाली संघ एनआरएनए कतारको द्दितीय उपाध्यक्ष्य पदमा उम्मेद्वारी दर्ता गरि सकेको जानकारी गराउँदछु ।

मेरो उम्मेदवारी कतारमा कार्यरत नेपाली श्रमिकहरु एकता लागि यस गैरआबसिय नेपाली संघ सामाजिक सस्थाका रूपमा प्रवासमा बस्ने सम्पूर्ण नेपालीहरुको साझा सस्थाको रुपमा काम गर्ने नेपाली मजदुरहरुलाई एउटै छातामुनी सबै बस्न सकिने र एकले अर्कालाइ आइपरेका आपत बिपत एबम समस्याको समाधान गर्न सक्ने साझा सस्था हो भन्ने मैले बुझेको छु ।

यस सस्थाले उच्चारण गर्दै आएको प्रिय शब्द “नेपालीको लागि नेपाली” भन्ने नारा नै हाम्रो लागि उतिकै कर्ण प्रीय र अनुकरणीय छ तर विभिन्न परिस्थिति र बाध्यताले गर्दा हामीले जती गर्न सकिन्थ्यो त्यती गर्न नसकी रहेको अवस्था देखिन्छ । यस सस्थामा युवा जोस जागर सहितको जुझारु ब्यक्तीहरुको उपस्थिती अत्यन्तै न्युन रहेको पाइन्छ त्यसैले अब युबाहरुको स्पष्ट दृष्टिकोण नयाँ आयम थप्न सस्थालाई सामाजिक सेवामा तल्लिन बनाउन अब सम्पूर्ण श्रमिकहरुलाई एकजुट बनाएर हामी युबा सक्ती पहिले एकजुट भएर अगाडि बढनुको कुनै बिकल्प नभएको मैले महसुस गरेको छु ।

हरेक श्रमजिबी बर्गको अपेक्षा अनुरुप वैदेशिक रोजगारीमा नितिगत सुधार गर्न गैर आबसिय नेपाली संघले समन्वयकारी भुमिका खेल्न र श्रमजिबी कामदार बर्गको हितमा अथवा उनिहरुको पक्षमा उभिएर कतारमा सस्थालाइ हरेक श्रमिक बर्ग सम्म बुझाउन र पुर्याउन आजको आबस्यकता अपरिहार्य हो ।

कतारमा रोजगारको लागि आएका नेपाली श्रमिकहरुको समस्याहरु सुनिन थालेको नयाँ कहानी होइन, बिभिन्न समस्यामा पीडित हुने बनाउने तथा दलाल प्रवृत्तिका ब्यक्तिहरुबाट मजदुरहरुलाई ठगी गर्ने बिभिन्न प्रलोभनमा पारेर मजदुरहरु बिचल्लिमा पर्ने गरेका छन । यस्ता गैरजिम्मेवापूर्ण कार्य गर्ने गर्नलगाउने हरुलाई निर्मुल र निरुत्साहित गर्न पीडितलाई ससम्मान उद्दार र पिडकहरुलाई सम्बन्धित निकायबाट निर्मुल पार्ने र नेपाली श्रमजिबी मजदुरहरुलाई सुरक्षित रोजगारिको ब्यबस्था दिलाउन अग्रगामी पहल गर्ने ।

मेरो उम्मेदवारी सस्थाको लागि

म पुर्बी पहाडी जिल्ला ताप्लेजुङ्गमा जन्मिएको एक साधारण परिवारमा हुर्केको ब्याक्ति बैदेशिक रोजगारको सिलसिलामा कतारआइ दोहामा इस्थापित गृह जिल्ला “पाथिभरा युवा सेवा समाज ताप्लेजुङ्ग दोहा–कतारको बर्तमान महासचिव तथा प्रदेश नम्बर १ समन्वय परिषद कतारको कार्यसमिति सदस्य साथै विभिन्न संघ सस्थाको विभिन्न तहमा रही सामाजिक काम बिगत (१२) बर्ष अगाडि देखि नै गर्दै आएको छु । यही सस्था गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१७–१९ कार्यकालमा पनि कार्यसमिति सदस्य भई सफल कार्यकाल गरि सकेको अनुभबलाइ सस्थागत गर्दै अझ सामाजिक काम गर्ने हौसला पाएको छु ।

मेरो ब्यक्तिगत सम्बन्धलाई सस्थागत रुपमै बिकसित गर्न अबको भाबी दिनहरुमा भूमिका खेल्ने छु । म आफू स्वयं श्रमिक भएको हुनाले श्रमिकहरुले भोग्नु परी रहेको समस्या र परिस्थितीलाई गहिरो अध्ययन गरी समस्याको मुहान बन्द गराउन सम्बन्धित सबै पक्षसँग अन्तर्कृया छलफल गर्न बातावरण मिलाउन मैले हरपल कोसिस गर्ने छु ।

र अन्तमा यस सस्थाको बिधान र निर्देशिकाले दिएको निर्देशनको जिम्मेवारी पालना गर्दै सस्थाको छबी लाई उच्च बनाउन आगामी दिनहरुमा स्वच्छ बिबेक प्रयोग गर्दै सस्थाको मुल–मर्म र बिधान भित्र रहेर काम गर्ने प्रतिबद्दता ब्यक्त गर्दछु ।

मेरो द्दितीय उपाध्यक्ष्य पदको उम्मेदवारीलाई सहयोग र समर्थन गरी दिनुहुन कतारमा रहनु हुने गैरआबसिय नेपाली संघमा आबद्ध अग्रज बुद्धिजीवी, पंजिकृत सदस्यहरु तथा नेपाली दाजुभाई , दिदीबहिनीहरु साथै जिल्ला सस्थाहरु मातृ सस्थाहरु विभिन्न संघ सगठनमा रहनु हुने आदरणीय महानुभाब हरुलाई हार्दिक अनुरोध गर्दछु ।’


धन्यवाद !
टंक कुमार खडका
द्दितीय उपाध्यक्ष पदको उम्मेदवारी
मोबाईल–००९७४–५५८०३९६७
इमेल- [email protected]

वि.सं.२०७६ साउन २६ आइतवार १६:२९ मा प्रकाशित

Himalayan Life AD
विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

नैरोबी, केन्या । केन्याको राजधानी नैरोबीमा सम्पन्न गैरआवासीय नेपाली संघ,...