back

म त मस्त घुरेको घुर्‍यै छु

वि.सं.२०७६ साउन २६ आइतवार

768 

shares

अँ हजुर, म मै हुँ !
बोल्छु कराउँछु
विश्वास दिलाउँछु
वचनबध्द हुन्छु
एकपटक दुईपटक हैन
पटकपटक झुक्याउँछु
नपत्याए हेर्नुहोस्
चुनाव जितेको जित्यै छु
सिन्को भाँचिएन त के भो ?
भाषण त ठोकेको ठोक्यै छु
भ्रष्टाचार रोकिएन त के भो ?
खर्च सर्च कमिसन समिसन
भत्ता सत्ता बुझेको बुझ्यै छु
कानुनले बाटो बिरायो त के भो ?
म विदेश हिँडेको हिँड्यै छु
जनता आहतमा परे त के भो ?
गरी खाऊ भनेको भन्यै छु
युवा रोजगार भएनन् त के भो ?
श्रम समझौता गरेकोे गर्‍यै छु
बाढी पहिरो भुँइचालो आउँछन् त के भो ?
म त मस्त घुरेको घुर्‍यै छु
सडकमा मान्छे कुर्लन्छन् त के भो ?
म मेरै गुटभित्र सुरक्षित छु
त्यसैले जे छ ठिक छ
बाँकी काम विस्तारै हुन्छ
हो नि हजुर ! म, मै हुँ !!
उभिएकै छु विस्तारै हुन्छ !!!

वि.सं.२०७६ साउन २६ आइतवार १६:४१ मा प्रकाशित

Himalayan Life AD
पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा आयोजित मासिक रचना वाचनको ११०औँ शृङ्खला तथा...

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

अर्घाखाँची । साहित्यकार नारायण खनाल( नीलम )को कविता सङ्ग्रह जिजीविष...

सुसेली

सुसेली

अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ भयो हतार जिम्मेवारी थपिँदा बेसरी...

लघुकथा : बदर

लघुकथा : बदर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर उसको कुरा सुनेर पञ्जिकाधिकारी...

झिल्का कविता

झिल्का कविता

बिष्णु उप्रेती, बिर्तामोड, झापा १. बाछा धेरै कराए साँढे छ...

गजल

गजल

गजलिका,इलाम कतै पवित्र पन सुसाउँदै थिए कतै विषाक्त लड्बढाउँदै थिए...