back

धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ –मुख्यमन्त्री पौडेल

वि.सं.२०७६ साउन २७ सोमवार

621 

shares


२७ साउन, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै जाति र संस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान गर्ने बताएका छन् । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इदुल जोहा) का अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले सभ्यता, संस्कृति र कलामा सयौँ वर्षअगाडि देखि नै यस प्रदेशले प्रसिद्धि पाएको तथा यस प्रदेशमा अनगिन्ती प्राकृतिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाहरु रहेको बताए।

मुख्यमन्त्री पौडेलले आज एक शुभकामना सन्देश जारी गरी देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा समृद्धिको कामना गरेका छन् । “इदका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु , बहुजाति, भाषा, धर्म, संस्कृतिले भरिपूर्ण यो प्रदेश सामाजिक, सांस्कृतिक, जातीय, धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ”, पौडेलले सन्देशमा भनेका छन् ।

“संविधानले सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ । तीन वटै तहका सरकार जनताप्रति उत्तरदायी, जनताबाट सञ्चालित र जनताको सेवामा समर्पित भई ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने महान् उद्देश्य पूरा गर्न समन्वयका साथ अघि बढी इतिहास रच्ने आधार बनाउन प्रतिबद्ध छन्”, सन्देशमा उल्लेख छ ।

पौडेलले सन्देशमार्फत बकर इद पर्वका अवसरमा राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन्।

वि.सं.२०७६ साउन २७ सोमवार १२:३६ मा प्रकाशित

Himalayan Life AD
सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ...

शिक्षासेवी श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित

शिक्षासेवी श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित

भक्तपुर । लामोसमयदेखि शैक्षिक विकासको क्षेत्रमा क्रियाशील रहँदै आएका प्याव्सन...

काठमाडौँमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौँमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौँ । थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित...

कांग्रेस विशेष महाधिवेशन सुरु

कांग्रेस विशेष महाधिवेशन सुरु

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना...

विशेष महाधिवेशनः सहभागी नाम दर्ता सुरु

विशेष महाधिवेशनः सहभागी नाम दर्ता सुरु

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको...

हृदयघातको कारण गायक तथा अभिनेता तामाङको निधन

हृदयघातको कारण गायक तथा अभिनेता तामाङको निधन

काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ...