back

सरकार जनताको स्वास्थ्यप्रति गम्भीर छ ः मुख्यमन्त्री गुरुङ

वि.सं.२०७६ साउन २७ सोमवार

858 

shares

२७ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार जनताको स्वास्थ्यप्रति गम्भीर रहेको बताएका छन् । पोखरा महानगरपालिका–१६ बाटुलेचौरमा सञ्चालित मातृशिशु मितेरी अस्पतालको कर्मचारी आवास गृहको आज शिलान्यास गर्दै उहाँले प्रदेशअन्तर्गतका अस्पताललाई सुविधासम्पन्न बनाइने प्रतिबद्धता व्यक्त गरे ।

सङ्घ सरकारले हस्तान्तरण गरेर प्रदेश मातहतमा रहेका ११ जिल्ला अस्पताललाई स्तरोन्नती गरी ५० शै्याको बनाउने अभियानमा जुटेको बताउँदै उनले अस्पतालमा आवश्यक भौतिक संरचनासहित जनशक्ति र उपकरणको व्यवस्था गरिने उल्लेख गरे । समाजका असहाय एवं विपन्न जनतालाई आधारभूत शिक्षा, स्वास्थ्यको पहुँच पु¥याउन नसकेसम्म समृद्धि प्राप्त गर्न नसकिने बताउँदै मुख्यमन्त्री गुरुङले जिल्ला अस्पतालले चलान गरेका सबै रोगका बिरामीको उपचार गर्ने सुविधासम्पन्न अस्पताल सञ्चालनका लागि सङ्घ सरकारसँग माग गरिएको जानकारी गराए ।

प्राकृतिक सुन्दरता एवं सांस्कृतिक सम्पन्न गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन भएको उल्लेख गर्दै उनले सरकारले पर्यटन विकासका लागि २७४ घरबास र ११० वटा नयाँ गन्तव्य पहिचान गरी पूर्वाधार विकासको अभियानमा जुटेको बताए । सो अवसरमा मुख्यमन्त्री गुरुङले अस्पताल हातामा निमको बिरुवासमेत रोपेका थिए ।

अस्पतालका संस्थापक अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले जनताको प्रत्यक्ष सहभागितामा सञ्चालित मातृशिशु मितेरी अस्पतालको स्थापनामा जाइकाको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै यसलाई बालबालिका तथा महिला अस्पतालका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले अस्पतालको विकासका लागि मन्त्रालयले आवश्यक उपकरण खरीद तथा भौतिक संरचना निर्माणका लागि रु आठ करोडभन्दा बढी रकम विनियोजन गरेको जानकारी गराए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन डा प्रेमराज पगेनीले अस्पतालको दिनप्रतिदिन महत्व बढ्दै गएको बताउँदै गत आव मात्र ५८८ जनाले अस्पतालमा सुरक्षित प्रसूति गराउन सफल भएको बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालले सामाजिक विकास मन्त्रालयको रु तीन करोडको लागतमा पाँच तले कर्मचारी आवास गृह निर्माण गर्न लागेको जानकारी गराए ।

वि.सं.२०७६ साउन २७ सोमवार १२:१२ मा प्रकाशित

Himalayan Life AD
गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखा । यहाँको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित...

दुई करोड २४ लाखका भेप बराबद

दुई करोड २४ लाखका भेप बराबद

मुस्ताङ । कोरला नाकाबाट रु दुई करोड २४ लाख मुल्य...

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुर। नवलपुर जिल्लामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत सहकारी...

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

गण्डकी । सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा...

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

वालिङ (स्याङ्जा) । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश...

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

गण्डकी । पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा...