back

मन्त्रीज्यू पर्यटक भित्राउन यसो गर्दा कसो होला !

वि.सं.२०७६ साउन २८ मंगलवार

837 

shares

नजिकिदै गरेको नेपाल भ्रमण बर्ष २०२० सफल पार्ने एक कडीको रुपमा नवनियुक्त संस्कृति तथा पर्यटनमन्त्रीले देश या परदेश सबैतिरका नेपालीहरुलाई आफ्नो सामाजिक संजालको प्रोफाइल फोटोमा नेपाल भ्रमण बर्षको लोगो राखेर प्रचारात्मक सहयोग गर्न अपिल गर्नु भयो ।

त्यो खबर सार्बजानिक हुने बित्तिकै राष्ट्रिय भावनाले ओतप्रोत हामि नेपालीहरु धमाधम आफ्नो प्रोफाइल पिक्चर परिबर्तन गर्न व्यस्त भयौ । अर्थात मन्त्रिज्यूले बफादार फुर्सदिला हामीलाई एकाएक व्यस्त बनाइदिनु भयो यो सकारात्मक नै छ ।

यसरी हामीलाई व्यस्त बनाउने मन्त्रीज्यू वहाको सरकारलाई निम्न कुराहरुमा इमान्दार नैतिकवान र सामाजिक भएर तत्काल दिर्घकालिन राष्ट्रिय हितको योजना सहित निस्वार्थ देश र जनताको हितमा अगाडी बढ्न अनुरोधात्मक दबाब दिने हो कि !

१- हरेक देशले पर्यटक भित्राउन भैरहेको भिषा शुल्क सके निःशुल्क नसके साबिक दरबाट थोरै भए पनि घटाउछन् तर हाम्रोमा ठिक त्यसको उल्टो छ । यो पर्यटक बढाउने नीति हो कि सदाकाल तर्शाउने नीति हो ?

२-अन्तराष्ट्रिय उडानबाट आउने अधिकांश जहाजलाई काठमान्डू एअरपोर्ट अवतरण गर्न धेरैजसो आकाशमै थप १–२ घण्टा फनफनी घुमाउने लाजमर्दो चलनको सुधार आन्तरिक उडानको समस्याको सुधार ।

३-देशको मुहार झल्किने भनेको प्रथम पाइला टेकिने एयरपोर्ट या बोर्डरबाट नै हो त्यसलाई ब्यबस्थित, सुन्दर, सफा नियमसंगत चुस्त कार्य हुने र सौन्दर्यको हिसाबले पनि झकिझकाउ पारौ । प्रथम पाइला टेकिने एयरपोर्ट या बोर्डरबाट नै हो त्यसलाई ब्यबस्थित, सुन्दर, सफा नियमसंगत चुस्त कार्य हुने र सौन्दर्यको हिसाबले पनि झकिझकाउ पारौ ।

४-प्रदूषण,धुलो,हिलो र खाल्डाखुल्डी ठिकठाक पारौ ।

५-शान्ति सुरक्षाको यथेस्ट ग्यारेन्टी गरौ ।

६ -टयाक्सी चालकको लुट र अन्य सार्बजानिक सवारी साधन को मनपरीतन्त्रलाइ रोकौ ।

७ सार्बजानिक सवारीहरु यात्रुमैत्री,पर्यटकमैत्री,अशक्त, असहाय व्यक्ति मैत्री बनाउ ।

८ -अखाद्य बस्तु नबेचौ,नक्कली रेस्क्यु गरेर हिमाली पर्यटक लुट्ने उपचारको धन्दा रोकौ ।

९ -बिदेशी अनुहार,सेतोछाला र सुकिलो मान्छे देख्नसाथ मुर्गÞा आयो भन्ने सोच हटाउ ।

१० -बन्द हड़ताललाइ सदाको लागि बन्द गरौ ।

११ -निर्दोषलाइ मार्ने भ्रस्टाचारीलाई जोगाउने सुनियोजित बम,गोलाबारी नपड्काउ ।
-जताततै सुन्दर हराभरा पारौ ।

१२-पर्यटकिय स्थालहरुमा शुद्ध पिउने पानी, सुबिधा सम्पन्न ट्वाईलेट बाथरूम हरुको प्रबन्ध गरौ ।

१३-आबस्यक ठाउको पहिचान गरि पर्यटक लक्षित निःशुल्क नगर बसहरुको संचालन गरौ ।

१४–-हवाइमार्ग र स्थलमार्गको प्रवेश द्वारमा ओर्लिनसाथ नम्र मिजासिलो र सुमधुर ब्यबहार गरौ र त्यसलाई देशब्यापी बनाऊ ।

१५ -एयरपोर्टमै र बोर्डरमा आगन्तुकका सुटकेश फुटाउने खोतलेर सामान झिक्ने घुस माग्ने खालका नैतिकहिन कार्य नगरौ ।

१६-बाटोघाटो पार्क इत्यादी सार्बजानिक स्थलहरु चिटिक्क पारौ ।

१७-जताततै बिना व्यवधान चल्ने ईन्टरनेटको सुबिधा दिउ ।
होटल लजको उत्कृष्ट प्रबन्ध गरौ ।

अनी बल्ल पर्यटक आँउछन र आएकाले सकरात्मक संदेश प्रबाह गर्छन । यी सबै कार्य गर्न सरकार अत्यन्तै इमान्दार र बफादार हुन जरुरी छ त्यो संगै प्रतिपक्षको निस्वार्थ इमान्दारिता र अझै त्यो भन्दा हामि सर्बसाधारण कुनै पार्टीको झोले कार्यकर्ता भन्दा नितान्त नेपाली मन राखेर रास्ट्रीय हितमा एक्यबद्द हुन जरुरी छ ।

वि.सं.२०७६ साउन २८ मंगलवार ०९:३७ मा प्रकाशित

Himalayan Life AD
स्वतन्त्र भनिएको सरकार नै रास्वपाको, देश जलाएको जिम्मा किन लिएनन् ?

स्वतन्त्र भनिएको सरकार नै रास्वपाको, देश जलाएको जिम्मा किन लिएनन् ?

काठमाडौं । तत्कालिन खड्गप्रसाद ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द...

स्थानीय तहमा समायोजन भएका कर्मचारीको मनोबल, पीडा र समाधानको बाटो

स्थानीय तहमा समायोजन भएका कर्मचारीको मनोबल, पीडा र समाधानको बाटो

कर्मचारी भनेको राज्यको नीतिगत निर्णयलाई व्यवहारमा उतार्ने, संविधान र कानुनको...

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

पूर्वमन्त्री जयप्रकाश आनन्द(जेपी गुप्ता) ले नेपाली काँग्रेसको विशेष महाधिवेशनको पूर्व...

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौँ ।  कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको...

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

चुनावको मिति नजिकिँदै जाँदा नेपालको राजनीति अब विचारको बहस होइन,...