back

दाउराको चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा ४ जना पक्राउ

वि.सं.२०७६ साउन २८ मंगलवार

660 

shares

२८ साउन,पर्वत । दाउराको चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा पर्वतमा ४ जना पक्राउ परेका छन् ।

जलजला गाउँपालिका -४ का पावल बिकलाई दाउराको चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा ४ जनालाई सोमबार प्रहरी चौकी वारीवेनी पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा जलजला गाउँपालिका- ४ लामाखेत बस्नेहरु कबिन गर्बुजा, तेजेन जुग्जाली, राजु पुन र अमित फगामी रहेका छन् ।

गत आइतबार राति उनीहरुले मादक पदार्थ सेवन गरी पावल बिकलाई दाउराको चिर्पट प्रहार गरी घाइते बनाएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी वारीवेनी पर्वतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा आफ्नै घरमा लुकीछुपी बसेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । घाइते पावल गण्डकी मेडिकल कलेज पोखरामा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

पक्राउ परेका ४ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत १० दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

वि.सं.२०७६ साउन २८ मंगलवार १३:२२ मा प्रकाशित

Himalayan Life AD
गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखा । यहाँको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित...

दुई करोड २४ लाखका भेप बराबद

दुई करोड २४ लाखका भेप बराबद

मुस्ताङ । कोरला नाकाबाट रु दुई करोड २४ लाख मुल्य...

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुर। नवलपुर जिल्लामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत सहकारी...

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

गण्डकी । सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा...

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

वालिङ (स्याङ्जा) । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश...

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

गण्डकी । पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा...