back

प्रदेश लोकसेवा आयोगका अध्यक्षद्वारा शपथग्रहण

वि.सं.२०७६ साउन २८ मंगलवार

714 

shares


२८ साउन काठमाडौँ । प्रदेश नं.५ को प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष डिलाराम भट्टराईले आज पद तथा गोपनीयताको शपथ लिएक छन् ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रदेश लोक सेवा आयोग ऐन बमोजिम प्रदेशप्रमुख उमाकान्त झाको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलबाट आयोगका अध्यक्ष भट्टराईले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथग्रहण समारोहमा प्रदेश नं. ५ प्रमुख झासहित मुख्यमन्त्री शङ्कर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती तथा प्रदेशका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु सहभागी भएका थिए । शपथग्रहणपछि नवनियुक्त अध्यक्ष भट्टराईले आजै प्रदेश लोकसेवा आयोगको कार्यालयमा पदबहाली गरेका थिए। (रासस)

वि.सं.२०७६ साउन २८ मंगलवार १५:५३ मा प्रकाशित

Himalayan Life AD
प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित...

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

काठमाडाैँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा...

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...