back

सतीले सरापेको देश र श्रीमतीलाई रातो चूरा लगाउनु भन्दै आत्महत्या गरे पूर्वकर्मचारीले

वि.सं.२०७६ साउन २८ मंगलवार

825 

shares

२८ साउन, काठमाण्डौं । भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका एक पूर्वकर्मचारीले सतीले सरापेको देश रहेछ भन्ने सुसाईड नोट लेखेर आत्महत्या गरेका छन् ।


मालपोत कलंकीमा कार्यरत रहँदा भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका उदयपुर त्रियुगा नगरपालिका १० का ५५ वर्षीय हरि आचार्यले आफ्नै घरदेखि १ किलो मिटर पर जंगलमा पुगेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

२५ साउनमा मुद्धाकै सिलसिलामा काठमाण्डौ आएर घर फर्किएका आचार्यले तत्कालै झोला र मोबाइल फालेर घरमा कसैलाई केही पनि नभनि निस्किएका थिए । उनी अबेरसम्म नआएपछि उनका परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले बसपार्क लगायत अन्य ठाउँमा खोजिगर्दा पनि उनी कतै भेटिएनन् । अर्कोदिन पनि खोज्ने क्रममा आचार्य जंगलमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा प्रवक्ता हरिकृष्ण केसीले संसारन्युजलाई जानकारी दिएका छन् ।

केसीका अनुसार उनले सुसाइड नोट समेत लेखेका थिए । गोजिमा रहेको उनको सुसाइड नोटमा भनिएको छ, ’सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन् । तर देशको ठूलो भ्रष्टचारी भएँ । प्रमुख अख्तियार आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस् । म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाण्डौंले सहयोग गर्नू ।’

डिएसपी केसीका अनुसार आचार्यको परिवामार बेमेल रहेका कारण आचार्य तनावमा रहेको र काठमाण्डौंको शिभिल अस्पतालको प्रेस्कीप्सनमा डिप्रेशनको औषधि सेवन गरिरहेको पनि अनुसन्धानका क्रममा भेटिएको छ ।

आचार्य २६ गते विहान ७ बजे झुण्डिएको अवस्थामा मृत भेटिएको पनि डिएसपी केसीले जानकारी दिए ।

के लेखेका थिए सुसाइड नोटमा आचार्यले
’सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन् । तर देशको ठूलो भ्रष्टचारी भएँ, प्रमुख अख्तियार आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस्, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाण्डौंले सहयोग गर्नु । आफ्नो नाममा पुराण लाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान् तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु । मैले कामगर्दा भएको गल्ती हो, स्वीकार गरी नेपाल सरकार बताइसकेको थिएँ । ममीले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु । म विदा भएँ । खातामा पैसा छन्, श्रीमती केही जान्दिन साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु । कान्छो छोराको ब्याचलर सकुँला भनेको थिएँ सकिन, पापी भएँ । बाणिज्य, नेपाल, एनसिसी, एनआईसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो व्यागमा छ, अन्यमा पैसा भएपनि कमै छ । वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनू । आमा, साहिली बुहारी र भतिजाले सुरक्षा गर्नू । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाण्डौँ बस्नु, गोमाले रंगिन लुगा लगाउनू, १३ औँ दिनमा सबै फुकाउनू । नेपाल निजामती कर्मचारी संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू ।’

स्मरण रहोस्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा आचार्यसहित कलंकी मालपोतका अधिकृत शिवप्रसाद रिमाल, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापा, मीनाकुमारी थापाका वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरुद्ध गत जेठको दोस्रो साता मुद्दा दायर गरेको थियो । उनीहरुमाथि ९२ रोपनी सरकारी जग्गा किर्ते गरी हाउजिङका नाममा नामसारी गरिदिएको आरोपमा मुद्दा दायर गरिएको थियो ।

वि.सं.२०७६ साउन २८ मंगलवार १५:५९ मा प्रकाशित

Himalayan Life AD
नेपालको डिजिटल क्षेत्रमा नयाँ आयामः इबुकिङ नेपाल डटकम सुरु

नेपालको डिजिटल क्षेत्रमा नयाँ आयामः इबुकिङ नेपाल डटकम सुरु

काठमाडौँ । नेपाल केन्द्रित डिजिटल ट्राभल तथा सेवा बुकिङ प्लेटफर्म...

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले...

समान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

समान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकले...

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

चितवन । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका...

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट...