back

खुसीको अनिकाल !

वि.सं.२०७६ साउन २८ मंगलवार

840 

shares

कुन बाबु आमा खुसी हुदैनन्
आफ्ना सन्तानको
खुसीमा
प्रगतिमा
प्रतिभामा
सुखमा र सम्पन्नतामा
यहाँ खाँचो त ती बाबु आमाको छ
जो अरु सन्तानको दुखमा पनि दखी हुन्छन्
अरुका सन्ताको शोकमा पनि रुन्छन् !

आफ्नो घर अग्लिदै जाँदा
दुखको पहाड पग्लदै जाँदा
कुन घरका मान्छे खुसी हुदैनन् ?
यहाँ खाँचो त ती घरबेटीको छ
जो घर विहीनहरूको लागि रुन्छन् !

आफ्नो कलेजले
नेपाल फर्स्ट गर्दा
कुन प्रिन्सिपल गदगद हुदैन ?
यो कुन नयाँ कुरा हो र
यो गदगद हुन
न कुनै वल गर्नु पर्छ
न कुनै कर तिर्नु पर्छ
यहाँ खाँचो त ती प्रिन्सिपलको छ
जो अर्को साल
सरकारी कलेज प्रथम भएको सपना देख्छ !

आफ्नी प्रेमिकासँग
या आफ्नो प्रेमीसँग
अन्तरङ्ग प्रेमालापको समय
कुन जोडी अल्हादित हुदैन ?
यहाँ अनिकाल त ती प्रेमीहरूको छ
जो अरुको प्रेमालापको डाहा गर्दैनन्
या अरुको प्रेम विघटनमा दुखी हुन्छन्

देश धनी भयो
देश शक्तिसाली भयो
भात भान्साको दुख हरायो
यस्तो परिवेशमा
कुन नागरिक खुसी हुदैन र ?
तर खाँचो त ती नागरिकको छ
जो अरु देशका नागरिकलाई
भाँडा मझाउँदा दुखी हुन्छन्
अरु देश पनि आफ्नोजस्तै
सुखी सम्पन्न होस भनेर सोच्छन् !

आफू र आफ्ना वारे चिन्ता गर्न
कसैले सोचिरहनै पर्दैन
भित्रैबाट जन्मन्छ चिन्ता
खाँचो त अरुको चिन्ता गर्नुमा छ
जुन चिन्ता
अनेक प्रयत्नपछि पनि नक्कली जन्मन्छ !

२०७६|०४|२८
भक्तपुर

वि.सं.२०७६ साउन २८ मंगलवार १६:२४ मा प्रकाशित

Himalayan Life AD
खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

अर्घाखाँची । साहित्यकार नारायण खनाल( नीलम )को कविता सङ्ग्रह जिजीविष...

सुसेली

सुसेली

अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ भयो हतार जिम्मेवारी थपिँदा बेसरी...

लघुकथा : बदर

लघुकथा : बदर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर उसको कुरा सुनेर पञ्जिकाधिकारी...

झिल्का कविता

झिल्का कविता

बिष्णु उप्रेती, बिर्तामोड, झापा १. बाछा धेरै कराए साँढे छ...

गजल

गजल

गजलिका,इलाम कतै पवित्र पन सुसाउँदै थिए कतै विषाक्त लड्बढाउँदै थिए...

गजल

गजल

पुष्पा नेपाल सुवेदी 'पुष्पाञ्जलि '-झापा दिँदा प्रेम सच्चा झुटो हो...